Saturday, November 1, 2014

मोडल केली ब्रुकले विवाह गर्दै


– एजेन्सी

लन्डन । हलिउड मोडल केली ब्रुक वैवाहिक बन्धन बाधिने भएकी छन् । अभिनेता डेविस म्याक्इन्टोशकासाथ उनले वैवाहिक सम्बन्ध गास्न लागेकी हुन् ।

ब्रुकको डेविडसँग केही समय अगाडिदेखि मायाप्रेम रहँदै आएको छ । वैवाहिक सम्बन्धका विषयमा यी दुबैले हालै निर्णय गरेका हुन् ।

‘म प्रेमीका केलीसँग विवाह गर्न चाहन्छु,’ डेविडले भने, ‘हामी दुबैले ग्रिसको मिकोनोसमा विवाह गर्ने निर्णय गरेका छौँ ।’

उनले विवाह सामान्य तवरले सम्पन्न हुने बताए । भने ‘केलीसँग मेरो इन्गेज्जमेन्ट केही महिना पहिलेनै भएको हो ।’

केली र डेविडको पहिलो भेट गत फ्रेब्रुरीमा भएको थियो । पहिलो भेटमै एक अर्कासँग नजिकिएका दुबैले एक अर्काेका साथमा कयौँ डेटिङ गरिसकेका छन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत