बलिउडका बादशाह शाहरुख खानको आज जन्मदिन परेको छ । सन् १९६५ नोभेम्बर दुई तारिखका दिन जन्मिएका शाहरुख आजबाट ४९ वर्षमा प्रवेश गर्दै छन् ।
हरेक वर्ष अलि पृथक तरिकाले ‘बर्थडे’ मनाउँदै आएका शाहरुखले यसपटक कसरी मनाउँलान भन्ने कौतहुलता अहिले विश्वभर देखिएको छ । विभिन्न भारतीय मिडियाहरुले यस विषयमा आ–आफ्नो विश्लेषण गरिरहेका छन् ।
शाहरुखको आफ्नै चलचित्र ‘ह्याप्पी न्यू इयर’ अहिले विश्वभर प्रदशर्न भइरहेको छ । चलचित्रले बलिउडमा नँया इतिहास रच्दै सफलता चुमिरहेको छ । शाहरुख पनि अहिले यही चलचित्रको प्रमोशनमा दौडधुप गरिरहेका छन् ।
त्यसैले शाहरुखले आफ्नो बर्थडेमा ‘ह्याप्पी न्यू इयर’ कै प्रमोशन पो गर्छन् की भन्ने अड्कलवाजी पनि शुरु भएको छ । कतिपयले सदाझै यसपटक पनि शाहरुखले सामाजिक कार्य देखाएर बर्थडे मनाउँछन् पनि भनिरहेका छन् ।
शाहरुखले भब्य पार्टीको आयोजना गरेर जन्मदिन मनाउने हल्ला पनि चलिसकेको छ । तर जे–जस्तो हल्ला चलेपनिशाहरुखको जन्मदिन सुखद रहोस् हाम्रो पनि शुभकामना ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत