Saturday, November 1, 2014

सलमानको बहिनीको बिहेमा मोदीलाई निम्तो

बलिवुडका दबङ सलमान खानले आफ्नो बहिनीको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने भएका छन् । विवाहको निम्तो निम्तो दिन सलमान आफै मोदी भेट्न जाने भारतीय सञ्चार माध्यमले जनाएको छ ।


मोदी यस अघि धमेन्द्र र हेमा मालिनीका कान्छी छोरी अहानाको विवाहमा सामेल भएका थिए । तर, त्यति बेला उनी प्रधानमन्त्री भने थिएनन् ।

सलमानका बहिनी अर्पिता खानको विवाह यही नोभेम्बर महिनाको १८ तारिखका दिन तय भएको छ ।
हैदराबादको एक दरवारमा अरपिता र आयुसको विवाह हुने बताइएको छ । त्यही दिन सलमानका बुवा सलिम र आमा सल्माको विवाहको ५० वर्ष पूरा हुने भएकाले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको छ ।
विवाहमा वलिवुडका चर्चित अनुहारहरु पनि देखिनेछन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत