सरकारले विद्यालय तहको पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामाग्री केन्द्रलाई टिकाउन जग्गा बिक्री गर्ने तयारी गरेको छ । केन्द्रको १ अर्ब २० करोड ऋण छ । केन्द्रको २ सय ३५ रोपनी मध्ये धेरैजसो जग्गा बैकमा धितो राखेर ऋण लिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
शैक्षिक सत्रको बेला पाठ्यपुस्तक पुर्याउन नसकेको भन्दै केन्द्रको आलोचना हुने गरेको छ । एक शैक्षिक सत्रमा पाठयपुस्तक बिक्रि गरेको रकम कर्मचारी तलब र बैकको ब्याज तिर्दा सकिएपछि अर्को शैक्षिक सत्रमा किताव छाप्न बजे बजेट अभाव देखाउने गरेको छ । आर्थिक बर्षको सुरुमा सरकारले ऋण दिने हो भने चैत मसान्तमा आवश्यक पुस्तक उपलब्ध गराउन सकिन्छ,केन्द्रका महाप्रबन्धक अनिल कुमार झाले भने,चालू पुजाको समस्या छ । सरकारसंग ५० करोड माग गरेपनि २० करोड मात्रै पाएको उनले बताए ।
बाषिर्क बैकको ब्याज मात्रै १४ करोड तिर्नु परेको उनले बताए ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत