काँकडभिट्टा, कात्तिक २१
भारतको पश्चिम बंगाल र बिहारसंग सीमा जोडिएका नेपाली क्षेत्र आतंकवादीको सेल्टरवनेको बंगालको गुप्तचर निकायले दावी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । गुप्तचर विभागले बंगाल सरकारलाई हालै वुझाएको एक प्रतिवेदनमा नेपाली क्षेत्र आतंकवदीको गढ वनेको दावी गरिएको छ ।
खुला सीमाको फाइदा आतंककारीहरु उठाइरहेका छन्, गुप्तचर विभागको प्रतिवेदनमा भनिएको छ,उनीहरु बंगालको पानीटंकी र बिहारको गलगलियावाट प्रवेश गर्ने योजनामा छन् ।
वंगलादेशीसहित पाकिस्तानी आतंककारीहरुले नेपाललाई ट्रान्जिट बनाएर गतिविधि वढाएको दावी गुप्तचरले गरेको छ । उसले बंगालमा प्रतिवन्धित आतंककारी संगठन कामतापुरी लिवरेसन अर्गनाइजेसन केएलओ संगको सम्पर्कमा विदेशी आतंककारी संगठनले गतिविधि वढाएको गुप्तचरलाई उद्धृत गर्दै सिलिगुडीवाट प्रकाशित हिमालय दर्पण दैनिकले उल्लेख गरेको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत