Sunday, November 2, 2014

* बोल्ड नायकका रुपमा आउदैँ दीपेश ।।


नेपाली मनोरञ्जन क्षेत्रमा क्रियाशिल मोडेल तथा नायक दीपेश कार्की पछिल्लो समय बोल्ड नायकमा रुपमा आउदै हुनुहुन्छ । कार्कीको हालै मात्र प्रदर्शनमा आउन लागेको चलचित्र पूलिस अफिसरबाट बोल्ड नायकका रुपमा देखिन लाग्नु भएको हो ।


दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएका कार्की आफै पनि हट रुपमा देखिने चाहा भएको बताउनुहुन्छ । ‘ म बलिउडको सलमान खान होइन इमरान हास्मी बन्न चाहन्छु’ उहाँ अगाडी थप्नुहुन्छ ‘अहिलेको समय ग्ल्यामरको हो, परम्पराको निरन्तरता होइन’ ।

नायिका पूजना प्रधानको अपोजिटमा रहेर मनको राजा गीतमा लिड रोल दिएर रंगक्षेत्रमा उदाएका मोडेल तथा नायक कार्कीले आजसम्म तिमीबाट टाढा हुदा, हाम्रो माया, पीरतीमा भूल्दा, तिम्रै मान्छे बन्न चाहन्छु, मैले नि छोरो पाएँ लगायतका विभिन्न दर्जनौ लोक तथा आधुनिक गीतमा दर्शकबाट रुचाइएका मोडेल हुन्् ।

नेपाली समाजमा विद्यमान विभिन्न सामाजिक विकृतिलाई निमिट्यान्न पार्न एकजना राष्ट्रसेवक पूलिसको भूमिकाको महत्वका बारेमा सशक्त रुपमा प्रस्तुत हुन लाग्नु भएका नायक कार्की अधिकांश हट दृश्य दिएर बोल्ड नायकको छवि बनाउने सुरमा रहेका चलचित्र पूलिस अफिसरका निर्देशक विशाल विष्टले पनि दावी गर्नु भएको छ ।

सञ्चारकर्मी समेत रहेका नायक कार्की अबको नेपाली चलचित्रको पद्धति नै फेर्न चाहेको दावी गर्नुहुन्छ । युवा मनको ढुकढुकी बनेका नायक कार्की पछिल्लो समय दर्शकबाट रुचाइएपछि महँगा हुदै गएका पनि चलचित्र निर्देशकहरुको दावी छ ।


हाल डेन्जर व्वायको छायांकन सकेर चलचित्र कस्तो माया को छायांकनमा व्यस्त नायक कार्की भर्खरै बसन्त थापाको एक गीतको सुटिङका क्रममा हट सिन दिदा अचानक चर्चामा पूग्नु भएको थियो । सोही चर्चाले पनि कार्कीको माग बढेको चलचित्रकर्मीहरु बताउछन् ।

यद्यपी, उनको यो महँगाई टिकीरहने हो या सस्तिने हो त्यो भने चलचित्र पूलिस अफिसर तपाई हामीले नहेरेसम्म यसै भन्न सकिन्न ।



No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत