काठमाडौं कात्तिक २१
प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा न्यायाधीश आचारसंहिता अनुगमन संयन्त्रु गठन गर्ने भएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । आचारसंहिता पारित भएको ६ वर्षपछि पहिलोपल्ट उच्चस्तरीय संयन्त्र गठन हुन लागेको हो।
आचारसंहिता अनुगमन संयन्त्र नहुँदा न्यायाधीशका गतिविधिमाथि निगरानी हुनसकेको छैन। न्यायाधीशको राष्ट्रिय सम्मेलनले २०६५ सालमा आचारसंहिता पारित गरेको थियो। त्यसअघि २०५५ सालमा जारी आचारसंहिता त्यतिबेला खारेज भएको थियो।
न्याय सम्पादन स्वच्छ, निष्पक्ष र पारदर्शी बनाई न्यायाधीशको प्रतिष्ठा वृद्धि गर्ने लक्ष्य आचारसंहिताको छ। नैतिक बन्धनका लागि ल्याइएको आचारसंहिता पालनामा न्यायाधीश आफैं उदासीन रहेको भन्दै आलोचना हुने गरेको छ।
प्रधानन्यायाधीश साहले न्यायाधीशको राष्ट्रिय सम्मेलनअघि नै उच्चस्तरीय अनुगमन संयन्त्र गठन गर्ने तयारी गरेका छन्। सम्मेलनअघि नै आचारसंहिता अनुगमन संयन्त्र गठन गर्ने तयारीमा प्रधानन्यायाधीश हुनुहुन्छु, सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले भने, अहिलेसम्म भिन्नै अनुगमन संयन्त्र थिएन। संयन्त्रले आचारसंहिता पालना भएनभएको हेर्छ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत