Friday, November 7, 2014

विदेशी केटीसँग अनमोलको यस्तो रोमान्स (भिडियो)



हेमराज बिसी, झट्ट नाम सुन्दा नै नेपाली सिने नगरीमा केहि आशा बोकेको व्याक्ती । गत बर्ष पहिलो निर्देशनमा नै ‘होस्टेल’बाट सफल निर्देशकको ट्याग भिरेका हेमराज यो बीचमा अन्य सिनेमा निर्देशनमा पनि व्यस्त बने । जस अन्तर्गत उनको दोश्रो निर्देशन रहेको सिनेमा ‘सम्बोधन’ रिलिजको छेकोमा पोष्टपोण्ड भएपछी अहिले अर्को सिनेमा ‘जेरी’को प्रचार प्रसारमा व्यस्त छन् । यो सिनेमा यही कार्तिक २६ बाट अल नेपाल रिलिजको तयारीमा छ ।

विहिवार राजधानीमा यो सिनेमाको युनिटले एक पत्रकार सम्मेलन आयोजना गरी सिनेमाको गीत र प्रोमो सार्वजनिक गर्यो । कार्यक्रममा बोल्दै निर्देशक हेमराजले आफ्नो तर्फबाट जतिसक्दो राम्रो काम गरेको भन्दै त्यसको मुल्यांकन गर्ने जिम्मा अब दर्शकमा आएको बताए । त्यसो त पहिलो सिनेमामा नै हेमराज र लिड एक्टर अनोल केसीको क्यामेस्ट्री राम्रै जमेको थियो । यसले पनि यो सिनेमामा पनि पक्का केहि त छ भन्ने आशा धेरैमा छ । किशोर किशोरीहरुको नै कथामा होस्टेल बनाएका हेमराजले यो सिनेमाले पनि उनीहरुकै कथा बोल्ने बताए ।

सिनेमा ‘जेरी’मा अनमोलसँगै अन्नया शर्मा, अमिलिया शर्मा लिड रोलमा छन् । त्यसो त दुवै अभिनेत्री मिस नेपाल कि कोरियोग्राफर रचना गुरुङ शर्माका छोरीहरु हुन् । यो सिनेमामा मजोज शेरचनको लगानी छ ।
प्रोमो हेर्नुहोसः

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत