Sunday, November 9, 2014

सार्कको नाममा नेताको रजाई, दैलोसम्मै कालोपत्र



     काठमाडौ–बालुवाटारको उपहार मार्गसम्मको मूल सडक धुलाम्मे छ। गत चैतमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्र गरिएको छ। करिब २५ मिटर लामो कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुङ्गिन्छ । मुल सडकको बायाातर्फबाट ६० मिटर दूरीमा अर्को सहायक मार्ग आउँछ। करिब ३० मिटर कालोपत्रे गरिएको त्यो बाटो संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ्को घरको दैलोमा टुङ्गिन्छ। मुल सडक छलेर नेताद्वय नेम्वाङ् र रिजालको दैलोसम्म पुगेर टुङ्गिने सडक गत विहीबार महानगरपालिकाले कालोपत्र गरिदिएको हो। उपहारमार्ग आसपासका बासिन्दाका अनुसार उनीहरुले ठेकेदार कृष्णप्रसाद चौंलागाइँलाई मूल सडक पनि कालोपत्रे गर्न आग्रह गर्दा उनले ‘हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ’ भनेका थिए। करिब चार मिटर चौडा भएको उपहार मार्गको मुल सडक अहिले फराकिलो पारेर ६ मिटर बनाइएको छ। तर कालोपत्रे गरिएको छैन। सोहीबाटोबाट दायाँ मन्त्री रिजालको घर जाने बाटो छ भने रिजालको घरभन्दा मूलबाटोको बायाँतर्फ सभामुख नेम्वाङको घरजाने बाटो छुट्टएिको छ। नेम्वाङ र रिजाल सरकारी सुविधासहित क्वाटरमा बस्दै आएका छन्।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत