Thursday, November 6, 2014

कांग्रेस–एमालेले किन समाते २४ वर्षअघिकै उल्टो दिशा ?


काठमाडौं,कात्तिक २१ – सत्तारुढ दल कांग्रेस–एमाले र त्यसमा पञ्चायती पृष्ठभूमिको राजनीति गर्दै आएका कमल थापाको राप्रपा नेपाल महेन्द्रकालीन भौगोलिक विभाजनको झल्को दिने संघीयताको पक्षमा उभिएका छन् । उनीहरुको सात प्रदेशको महेन्द्रकालीन प्रस्तावले देश फेरि २०४७ तिर फर्केको अनुभूति आन्दोलनबाट आएका शक्तिहरुले गर्न थालेका छन् । हुन पनि कांग्रेस–एमाले र राप्रपा नेपालको हिमाल–पहाड–तराई जोड्ने संघीय ढाँचाले पंचायती व्यवस्थाको झल्को दिएको विपक्षीहरुले आरोप लगाउन थालेका छन् । २२ दलीय मोर्चाका संयोजक तथा एमाओवादीका अध्यक्ष प्रचण्डले त उनीहरुको प्रस्तावबाट पंचायती व्यवस्थाको झल्को आएको टिप्पणी समेत गरिसकेका छन् । कांग्रेस –एमालेको यो प्रस्तावले संघीयता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीजस्ता जनयुद्द ,जनआन्दोलन ,मधेसी आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको २२ दलीय मोर्चाका नेताहरुको भनाई छ ।
संघीयताको विषयमा कांग्रेस–एमालेले अघि सारेको प्रस्तावमा ०५१ साल पूर्वका राजनीतिक शक्ति सहमत छन् । त्यसपछि जन्मेका राजनीतिक शक्तिले भने कांग्रेस,एमाले र राप्रापा नेपालको प्रस्तावको विरोध गरेका छन् । खासमा पुराना राजनीतिक दलहरुले प्राप्त उपलब्धी समाप्त पार्न पछिल्ला प्रस्तावहरु ल्याएर संविधानसभामा कमजोर पोजिसनमा रहेका परिवर्तनकारी शक्तिहरुलाई र्याखर्याख्ती पारिरहेका छन्,शुक्रबार प्रकाशित हुने जनआह्वान साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत