कार्तिक-१८, काठमाडौं ।
अर्थमन्त्री रामशरण महतले नै फजुल खर्चको सुरुआत गरेका हुन् । उच्च सरकारी अधिकारीका अनुसार उनले हालै महँगो र विलासी टोयोडा प्राडो जिप किनेका छन् ।
यस अघि पनि मन्त्री महतले बिलाशीका निकै महंगो टोयोटा प्राडो जिप चढ्दै आएका थिए । महतले दुवै विलाशी गाडी आफैंले चढ्न थालेको अर्थमन्त्रालय स्रोतले उल्लेख गरेको छ । मन्त्रीलाई दिइने अर्को कालो कारसमेत महतले प्रयोग गर्दै आएका छन् ।
सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी कानुनमा मन्त्रीलाई दुइटामात्र गाडी दिने व्यवस्था भए पनि महतले तीनवटा, त्यसमा पनि विलाशी गाडी लिएका हुन् ।
-कान्तिपुर दैनिक
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत