स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४७ पैसा घटेकाे छ । डिजेल र मटि्टतेलमा प्रतिलिटर समान १ रुपैयाँ ६७ पैसा मूल्य घटाइएको छ ।
राजधानीमा पेट्रोलको नयाँ मूल्य एकसय २८ रुपैयाँ हुनेछ । डिजेल र मटि्टतेलको मूल्य एकसय १ रुपैयाँ ९६ पैसा हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले स्वचालिन प्रणाली अनुसार नेपालमा पनि घटाइएको हो । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य हेरफेर हुन्छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत