चितवन मै बसेर पढाई संगै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु बाबा को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’ उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् ।

अभिनेत्रीका रूपमा समेत आफूलाई चिनाउन प्रयत्नरत बेबो को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने बेबो धारणा छ । एक फरक प्रसंगमा, अहिलेसम्म प्रेम चक्करमा नपरेको बताउँदै मोडल बेबो ले भनिन्, ‘अहिले म आफ्नो करियर नै महत्वपूर्ण ठान्छु ।’ उनको बुझाइमा सेक्स चाहिँ मायाको प्रतिक हो ।
