Monday, February 5, 2018

चितवनका पाठकहरू सँगभलाकुसारी कैलि ले

२२ रामकृष्ण अनायास
पछिल्लो समय नेपालमा साहित्यको लोकप्रियता बढ्दै गएको बेला यतिबेला आख्यानकार जमुना न्यौपाने द्वारा लिखित उपन्यास कैलि ले पाठकहरूको मन रमस्तिष्क हल्लाउन सफल भएको छजमुना न्यौपाने द्वारा लिखित यो कैलि उपन्यास पहिलो उपन्यास हो / र पनि यसको चर्चा यतिबेला चारैतिर चलेको छ देशै भरि फरकफरक ठाउमा बिभिन्न साहित्यिक संस्था तथा पाठकहरूले उक्त उपन्यास माथि छलफल तथा समीक्षा अन्तरक्रिया कार्यक्रम राखेर आफुलाई बोलाउने तर उक्त कार्यक्रम मा लेखकद्वय ले आफु जान भ्याईनभ्याई रहेको जानकारी गराउनुहुन्छ यस्तै क्रममा यतिबेला चितवनका पाठकहरू सँगभलाकुसारी र अन्तर्क्रिया गर्न आईपुगेकि जमुना भरतपुरको कैलासनगरमा कबिडाँडा साहित्य समाजले गरेको एकभव्य कार्यक्रममा उपस्थित भईन सोकार्यक्रमको क्रममा चितवनका कविसाहित्यकार सँग दिनभर सँगै कैलिमाथिको छलफलमा सरिक भईन भने कैलि माथि काठमाण्डौ का चर्चित कवि गीतकार दिनेश अधिकारी गजलकार धनराज गिरि , कवि भुपिन खड्का, कवि ईश्वर कडेल, डेटौडाका कवि निमेश निखिल ,कवि सुरेन्द्र अस्तफल रामकृष्ण अनायास , लेखराम सापकोटा ,सुजनअनिमेस , सरोज सुमन पाठक सिर्जन यात्री ले पुस्तकमाथि आआफ्नो प्रतिक्रिया सँगै सफलताको शुभकामना दिनुभयो र यो चितवन हुदै नवलपरासि र बुटवल मा पनिकैलि माथि अन्तरक्रिया कार्यक्रम रहेको जानकारी गराउदै नवलपरासि को कार्यक्रमा सहभागि भईन र त्यहाँको कार्यक्रमको जानकारी तल लेखराम सापकोटा ज्यु ले गराउनुभएको छ




चितवन कैलाशनगर पछि नारी साहित्यसमाज नवलपुरको आयोजनामा कावासोती स्थित मध्यविन्दु क्याम्पसमा एक समारोह विच उपन्यास माथी चर्चा गरिएको हो ।

छलफल कार्यक्रममा बोल्दै पत्रकार लेखराम सापकोटाले कृति नारी मनोबिज्ञानमा आधारित भैकन पनि नारीका यावत समस्याहरुलाई चित्रण गर्नसफल रहेको बताए । प्रमुख अतिथी डा. धनपति कोइराला, टिकादेवी सापकोटा, कृष्णादेवी शर्माले कृतिले समेटेको बिसयमा बोलेका थिए ।

उपन्यासकी लेखिका जमुना न्यौपाने लेउच्च शिक्षा अध्ययनका क्रममा नवलपरासीबाट काठमाडौं जाँदै गर्दा बसमा भेटिएका तेस्रो लिङ्गी सँगको कुराकानी पश्चात् उपन्यासको `बेस´ बनाईएको बताईन् । सबै उमेर समूहका पाठकले कृति पढ्न मिल्ने गरि लेखिएकोपनि बताईन् ।

कार्यक्रममा सदानन्द जैसी, दीपक सोती, दयाराम आचार्य, अर्जुन अविरल, लोकनाथ चापागाईं, जीवन युगिन, दीपक भट्टराई, लिला राना मास्के, श्रीषा साही, आदर्श सुशील लगायतको उपस्थितिरहेकोे थियो ।

Tuesday, September 12, 2017

निश्चलको सुन्दरताले हंगामा

उमेरले सानी भएपनि सुन्दरताले निकै भरिपुर्ण भएकी निश्चल शर्मा काठमाडौँ बस्दै आइरहेकी छन् उनि सानै उमेर देखी नेपालि गीत संगीत र डान्स लाइ बिशेस रुचि साथ लिन्थिन र स्कुल पढ्दा देखि नै उनि उक्त क्षेत्रलाइ अंगाल्दै आइरहेकी छन् भने म्युजिक भिडियो को लागि धेरै नै अपहर पनि आइरहेको र हाल पढाइलाइ प्रथामिकता दिएको बताउछिन भने आफुलाई सुहाउने खालको कुनै फिल्मी,या म्युजिक क्षेत्रबाट अफर आएमा उक्त क्षेत्रमा काम गर्ने गर्ने सोच पनि भएको बताउछिन /
आगामी दिनमा निश्चल शर्मा यो क्षेत्रमा अगाडी बढ्न सकुन हाम्रो शुभकामना


 

न सोध तिमी मलाइ मदिरा किन पियको

        न सोध तिमी मलाइ मदिरा किन पियको भन्दैछन-निरन्जन भर्खर मात्रै क्षितिज कृयशन प्रस्तुत रहेको न सोध तिमी मलाइ को म्युजिक भिडियो सलिना म्युजिक ले बजार मा लेरायको छ।जस्मा स्वर।सङ्गीत।शब्द निर्दोस जीवन को रहेको छ भने यस्लाइ क्यामेरामा कैद गर्ने काम नारायण भन्डारी ले गरेका छन साथै सुजन शाही को सम्पादन तथा सुजन अनिमेष अधिकारिको निर्देशन रहेको यो भिडियो लाई आफ्नो जादुमय मेक अप ले राम्रो बनायकी छिन सबिना चौधरिले भने यस गीतमा फिचरीङ्ग निरन्जन पान्डे सुर्य नेपाली र प्रबिना कार्की को रहेको छ ।

https://www.youtube.com/watch?v=c6EY_H4OlW4&feature=youtu.be 

Saturday, September 9, 2017

‘म यस्तो गाउँछु २’ को सिक्वेल बन्ने भएको छ पल र पुजाकै जोडी, जोडिए सलोन पनि



यस वर्षको पहिलो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । निर्देशक सुदर्शन थापाको जन्मदिन पारेर ‘म यस्तो गाउँछु २’ बन्ने बुधबार जानकारी गराइएको हो । थापाको निर्देशन रहने फिल्ममा पूजा शर्मा र पल शाहको जोडी दोहोरिने छ भने नायक सलोन बस्नेत थपिएका छन् । सलोनले प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर २’ बाट प्रशंसा पाइरहेका छन् ।





अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् ।

Friday, September 8, 2017

मोड्लिङ्गमा सागरको डेब्यु



   दाङ्ग घोराही का सागर जि सि र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२ बर्शिय चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनया सिकि रहेका छन

र्याम्प।मोडल।हुन।उनिलाइ स्टेज मा मात्र होइन गीत मा मोड्लिङ्ग गर्ने रहर पलायको छ।२२बर्षिया चक्लेटी सागर छिट्टै एउटा म्युजिक भिडियो।बाट डेब्यु गर्दै छन।१२ कक्षा सकेर बसेका आजभोली नित्य र अभिनय सिकि रहेका छन

Friday, June 23, 2017

पुतलीको बिहे


जव हाम्रो प्रेमको हृदयमा
जराहरु फिजारिएपछि थाहा भो
यौवनका रसहरु मूल बनेर
एक अर्कामा भिजाउदा
सागरको गहिराहिमा तरंगित छालहरुले
काउकुति लगाउदै गिज्याउदा

एकपल्ट फेरि उही बिगतलाई सम्झियौँ
उही स्कुल अगाडि भेट हुदा

संगै घर बाट निस्कन्थ्यौ स्कुल जान
मलाई आनन्दको आभास हुन्थ्योँ
उनको किताव बोकिदिदा
उनी फ्रकमा मिठाइ पोको पारी
टोकेर फुटाउथिन
खान्थ्यौ आधि आधि
त्यहाँ पबित्र माया र स्नेह
मिसिएको थियो
जव हाफछुट्टी हुन्थ्यो
उसै गरि भेटिन्थ्यौँ
मकै भटमासको पोको फुटाउदै खान्थ्यौँ

कैयौ पालुवा पलाए होलान
कैयौ रातहरु मरेर
दिनहरु व्युझीए होलान
संग संगै हाम्रो उमेरमा मिसिएका रंगहरुले
हाम्रो मुटुलाई रंगाउदै
सरिर भित्र पैदा भएका
अनेकौ कम्पनले यौटै बनायो
जसरि जोडियौ त्यो स्कुले यात्राबाट
हिजो त्यसैगरी
नदिको छाल ले छुट्टाएर झैँ गरि
दुइवटा किनार बनायो


अचानक केहि वर्ष पछि
स्कुलको गेटमा फेरि भेट भयौँ
अनि नियाली रहेका थियौ दुबैले
आफ्ना नानि बाबुलाई
उही चउर
उसैगरी खादै थिए टिफिन साटेर
भन्दै थिए
जसरि पुतली को बिहे गर्यौ
उसैगरी हामि पनि एक हुनु पर्छ
जसरि पुतली लाइ एक गरायौ

हिजो जुन सपना हाम्रो थियो
आज उनिहरूको थियो
हिजो हामिले पनि
पुतलिको बिहे गराएका थियौँ
आज उनिहरूले पनि
उसैगरि बिहे गराएका छन्

रामकृष्ण अनायास 
कबिडाँडा