गीत संगीत सिर्जना गर्नुमात्रै ठूलो कुरा होइन । त्यसलाई व्यवस्थापन अर्थात बजार (श्रोता दर्शक) सम्म पु¥याउनु पनि निकै चूनौतीपूर्ण कुरा हो । यही चूनौतीपूर्ण काम गरिरहेको छ अक्सिजन मिडिया प्रा.लि.ले । काठमाडौंको नयाँबानेश्वरमा अवस्थित यो कम्पनीले नयाँ प्रतिभाहरुलाई विशेष प्राथमिकता दिने बताइएको छ । नयाँ तथा पूराना कलाकारहरुलाई अगाडी बढाउने र गीत संगीतको क्षेत्रमा स्थापित गराउने मूख्य उद्देश्य रहेको सञ्चालक विरेन्द्र वली बताउँछन् । अहिले सुदन कुमार वली, भिमसेन विएम, बलबीर चलाउने र विरेन्द्र वलीले यसको रथ हाकिरहेका छन् । करिब ८÷९ महिनाकै छोटो समयमा सागर अविरल जिसीको एल्वम एउटा म्यासेज, कामना वलीको लोकदोहोरी एल्वम फूलको थुङ्गामा, सागर अविरल जिसीकै जलाएर मार, किरण परियारको लाखौं सयमा, रमेश डाँगीको मन परेको फूल, नमराज महराको मलाई छोडेर, सागर थापाको एल्वम अनुप्रास जस्ता गीत तथा एल्वमहरु ब्जारमा ल्याइसकेको छ । त्यसैगरी हस्त पुनको आधुनिक एल्वम मेरो सबै माया दिन्छु, केशव पन्थी र अम्बिका श्रेष्ठको रोइला गीति एल्वम म त हजुर बेरोजगार लगायतका एल्वमहरु अक्सिजन मिडिया प्रा.लि.बाट बजारमा आइसकेका छन् ।
अक्सिजन मिडियाका सञ्चालकका अनुसार गीत संगीतप्रति रुची हुने, म्यूजिक भिडियोमा अभिनय गर्न चाहनेहरुलाई समेत अवसर दिने गर्दछ । साथै गीत निकाल्नुपरेमा सबै किसिमको व्यवस्था कम्पनीले गर्ने सञ्चालकको दावी छ । गीत संगीतको क्षेत्र व्यापक बनीरहेको बेला रोल्पाली युवाहरुले सञ्चालन गरेको यो कम्पनी साँच्चिकै आशलाग्दो रहेको गायक सागर अविरल जिसी बताउँछन् ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत