भट्टराईले गरे ८ देखि १० प्रदेशको प्रस्ताव
काठमाडौं,असोज १४ –
एमाओवादी वरिष्ठ नेता एबं संविधानसभाको संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका प्रमुख तीन विषय राज्य पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे नयाँ प्रस्ताव अघि सारेका छन् । कांग्रेस र एमालेले भने भट्टराईको प्रस्तावले बन्न लागेको सहमतिलाई बिगारेर संविधान निर्माण प्रकृयालाई भाड्ने चिन्ता व्यक्त गरेका छन् ।
उनले दखि १० प्रदेशको लिखित प्रस्ताव सोमबार सार्वजनिक गरेका छन् । प्रस्तावित मध्ये मधेसमा २ र पहाडमा ८ प्रदेश राखिएका छन् ।
भट्टराईले संवाद समिति सभापतिको हैसियतले सम्बन्धित बिभिन्न पक्षसंग परामर्श र सुझावका आधारमा यी प्रस्ताव तयार पारेका हुन् । ‘सबै दल आआफ्नो अडानमा रहेका बेला सहमतिका लागि मैले प्रस्ताव अघि सारेको हु’ उनले भने,‘यो प्रस्ताव कुनै पनि पार्टीको होइन, संवाद समितिको सभापतिको हैसियतले सन्दर्भ सामग्रीका रुपमा ल्याएको हुँ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत