Thursday, September 25, 2014

दुवै माओवादीमा एकता–विरोधीको चलखेल


काठमाडौं– एकीकृत माओवादी र नेकपा–माओवादीवीच पार्टी एकताका लागि भएका गृहकार्य र संवादहरुमा दुवै माओवादीभित्रका एकता–विरोधी खेमाहरु सक्रिय हुन थालेका छन् । क्रान्ति पनि नगर्ने र साना गुटमा रमाउने केही व्यक्तिहरु यस्तो एकताविरोधी अभियानमा लाग्ने गरेको एकीकृत माओवादी मुख्यालय पेरिसडाँडा र नेकपा–माओवादी मुख्यालय बुद्धनगरमा चर्चा छ ।
दुवै माओवादीको मूल नेतृत्व आवश्यक छलफल गरेर छिटोभन्दा छिटो पार्टी एकता गर्ने पक्षमा भएपनि पार्टीभित्र सानो गुटमा रमाउन चाहने केही नेताहरु भने दुई पार्टीबीचको नजिकिदो सम्बन्धलाई तोड्न र बीचमा अझ ठूलो खाडल बनाउन चाहन्छन् । यस्तै चर्चाले माओवादी वृतमा हिजोआज बढी ठाउा पाउने गरेको सम्बद्ध स्रोतको दावी छ ।
चाहन्छन् । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणको सोच माओवादी आन्दोलन विकेन्द्रीत हुँदा राष्ट्रियता र नेपाली क्रान्ति खतरामा पर्ने रहेको देखिन्छ । यहि सोच अहिले पार्टी एकताका लागि आधार बन्न थालेको किरण निकट मानिने नेकपा–माओवादीका एक केन्द्रीय सदस्यले बताए । तर, उनको पार्टीमा किरण यो सोचलाई कतिपयले पनि अझै स्वीकार गर्न नसकेको पनि उनले बताए । यस्तै समस्या एकीकृत माओवादीभित्र पनि रहेको चर्चा नेता–कार्यकर्तावीच हुने गरेको छ ।
पछिल्लो पटक एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नेकपा–माओवादीका अध्यक्ष वैद्यलाई लिखित पत्र लेखेर एकताका लागि आफ्नो पार्टी सकरात्मक रहेको र विवादित विषयमा छलफल मार्फत साझा निश्कर्षमा पुग्न सकिने बताएका छन् । प्रचण्डको पछिल्लो पत्रलाई वैद्यले सकरात्मक भनि प्रतिक्रिया दिएका छन् । दुई नेतावीच भेटघाट र छलफल पनि बाक्लिएको छ । दुवै पक्षका केही नेताहरुले अहिले एकताका लाथि वातवरण बनाउन नेतृत्वलाई सहयोग पुर्‍याइरहेका छन् । तर, एकता विरोधी व्यक्ति र खेमाहरुले पनि भित्र भित्र यस्ता प्रक्रियालाई खारेज गर्न खोजेका छन् ।
प्रचण्डले २५ गते वैद्यलाई लेखेको पत्रमा एकताको आबश्यकतावारे औल्लाएका छन् । यस अघि एकताका पार्टी एकताका लागि भनेर वैद्य माओवादीले अगाडि सारेको ६ बुादे प्रस्तावको लिखित जवाफ प्रचण्डले बैद्यलाई पठाइसकेका छन् । त्यसलाई बैद्यले सकारात्मक रहेको भन्दै त्यसका लागि प्रचण्डलाई धन्यवादसमेत दिइसकेका छन् । तर दुवै पार्टीभित्रका बीचका अवसरवादी नेताहरुले एकता हुन नदिन तीव्र चलखेल बढाएको बुझिएको छ ।
नेकपा–माओवादीले राखेका ६ बुदामध्ये एमाओवादीले २ नं. बुादा बाहेकमा सहमति जनाइसकेको छ भने २ नं. बुादामा आवश्यक छलफल बहसका बीचबाट सहमति खोज्ने भनेको छ । त्यसका लागि दुवै पार्टीका शीर्ष नेतृत्वहरु तयार समेत रहेको बुझिएको छ । प्रचण्डले बैद्यलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, ‘मिति २०७१।०१।२३ मा ने.क.पा.–माओवादी, पोलिट्व्यूरोको ‘पार्टी एकता सम्बन्धी प्रस्ताव’लाई हाम्रो पार्टीले एक गम्भीर र सकारात्मक पहलका रुपमा लिएको छ । स्मरणरहोस् झण्डै सोही अवसरमा सम्पन्न हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को विराटनगर राष्ट्रिय सम्मेलनले पनि माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुको एकताको ऐतिहासिक आवश्यकता बोध गरी एक प्रस्ताव पारित गरेको छ ।’ प्रचण्डले आफ्नो पत्रमा भनेका छन्, ‘यसबाट विगतका अनुभवहरुको गम्भीर आत्मसमीक्षासहित सिद्धान्तनिष्ठ एकताका लागि पहल गर्ने हामी दुवै पार्टीको समान सोच र आकांक्षालाई प्रतिविम्बित गर्दछ ।’

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत