Thursday, September 25, 2014

नातिनीको एल्बम बिमोचनमा प्रचण्ड रोए, माधव नेपालको ठट्टा





अब स्मितालाई फिल्म खेलाउछुः भुवन केसी

काठमाडौं, असोज ९– बाल कलाकार स्मिता दाहाल प्रधानको दोस्रो एल्बम ‘स्मिता–२’ एक कार्यक्रमका बिच बिहिबार बिमोचन भएको छ ।
संगीतकार संघ नेपालले राजधानीको होटल इन्द्रेणीमा आयोजना गरेको कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एल्बम बिमोचन गरे ।
बिमोचन कार्यक्रममा निकै भावुक बनेका प्रचण्डले आफ्नो नातिनी समेत रहेकी स्मितालाई शुभकामना दिदै जनयुद्धमा आफूले ‘हाँस्दा हाँस्दै रोएको र रुँदा रुँदै हाँसेको भनाई राखेको संझदै आजको माहोल पनि यस्तै रहेको बताए ।
केही समयअघि निधन भएकी प्रचण्डकी छोरी ज्ञानु दाहाललाई समर्पित गर्दै स्मिताले एल्बम बजारमा ल्याएकी हुन् । यसैले पनि प्रचण्ड र उनकी पत्नी सिता दाहाल बारम्बार भाबुक बन्न पुगेका थिए ।
माहौल भावुक बन्दै गर्दा कार्यक्रममा सहभागी एमाले नेता माधव कुमार नेपालले ठट्टा गर्दै नातिनीले एल्बम ल्याउँदा प्रचण्ड मख्ख गरेको अभिव्यक्ति दिँदा एकाएक हल हाँसोले गुञ्जिएको थियो । उनले भनेका थिए–‘प्रचण्डजी यसै त मख्ख पर्ने मान्छे, झन् नातिनीको एल्बम बजारमा आउँदा झनै मख्ख पर्नु भएको छ ।’
यसअघि पनि पत्नीतर्फ हेर्दै प्रचण्डले सिता पनि निक्कै राम्रो गायिका भएको बताउँदा कार्यक्रम हल हाँसोले रोमाञ्चक भइसकेको थियो ।
कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाओवादी नेतृ हिसिला यमी, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको समेत उपस्थिती रहेको थियो भने कलाकारतर्फ नायक भुवन केसी, गायक रामकृष्ण ढकाल, गीतकार डा. कृष्णहरि बराल, संगीतकार तथा गीतकार चेतन सापकोटा, संगीतकार सुरेश गैरेलगायत उपस्थित थिए ।
कार्यक्रममा बोल्दै वैद्यले स्मिताको गीतमा प्रगतीशिल गीत पनि सुन्न पाउँने आशा राखे । उनले स्मिताको जन्म जनयुद्धको थलोबाट भएको भन्दै पार्टीलाई अगाडि बढाउन प्रगतीशिल गीतको महत्वपूर्ण भूमिका रहेको बताए ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै प्रतिभाहरुलाई आफूहरुले सहयोग गर्न पाउँ भन्दै स्मितालाई शुभकामना दिए ।
यस्तै नायक भुवन केसीले स्मितालाई आफुले अब निकाल्ने फिल्ममा खेलाउने र सफलताको शुभकामना समेत दिएका थिए ।
त्यस्तै गायक रामकृष्ण ढकालले पनि स्मितासँगै गीत गाउने बताएका छन् ।
एल्बम भ्वाइसक्रियशनले बजारमा ल्याएको हो भने एल्बममा समावेश एक गीतको म्यूजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत