Wednesday, September 24, 2014

विपीको ‘तीन घुम्ती’ मा जिवन, गरिमा र कोसिश

        कर्मा प्रोडक्सन व्यानरमा निर्माण हुने फिल्म तीन ‘घुम्ती’ को मुख्य भूमिकामा ‘झोला’ अभिनेत्री गरिमा पन्त, कवि अभिनेता जिवन लुइँटेल र ‘मोक्ष’ अभिनेता कोसिश क्षेत्री पक्का भएका छन् । ‘ठूली’ पछि जिवन र गरिमा दोश्रो पटक फिल्म ‘तीन घुम्ती’ मा दोहोरिदैं छन् । ‘मोक्ष’ पछि कोसिशको यो दोश्रो फिल्म हो । विपी कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित रहेर फिल्म निर्माण हुने फिल्म ‘तीन घुम्ती’ लाई बाबुराम ढकालले निर्देशन गर्नेछन् । बसन्त सापकोटाको संगीत रहेको फिल्म ‘तीन घुम्ती’ मा कृष्णहरी बरालको शब्द र बिपिन मल्लको सम्पादन रहनेछ । पटकथा एवं संवाद सामीप्यराज तिमल्सिनाले तयार गरेका हुन् । फिल्मको छायाँकन तिहार पछि प्रारम्भ हुनेछ । कृष्ण धारावासीको झोला कृतिमा आधारित फिल्म ‘झोला’ ले चर्चा सँगै व्यावसायिक सफलता समेत पाएको थियो । यसै फिल्मबाट अभिनेत्री गरिमा पन्तले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाइन् ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत