बानले भने, शान्त र समृद्ध नेपाल देख्न चाहन्छु
संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा उनीहरुबीच संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पु¥याउँदै आएको योगदानका बारेमा छलफल भएको थियो ।
सो अवसरमा महासचिव बानले नेपालको राजनीतिक सङ्क्रमणको व्यवस्थापनका लागि प्रधानमन्त्री कोइरालाले खेलेको भूमिकाको प्रशंसा गरे । विश्व शान्ति स्थापना कार्यमा नेपालले गरेको योगदानको सह्राना गर्दै उनले शान्ति स्थापनामा कार्यमा नेपाली सुरक्षा फौजले साहसिक र व्यावसायिक प्रदर्शन गरेको बताए ।
नेपालको शान्ति प्रक्रिया र संविधान लेखनले छिटोभन्दा छिटो निष्कर्ष पाउने विश्वास व्यक्त गर्दै महासचिव बानले आफूले शान्त र समृद्ध नेपाल देख्न चाहेको बताए ।
प्रधानन्त्री कोइरालाले जलवायु परिवर्तनबाट मानिस र प्रकृतिमा परेको असर न्यून गर्ने सन्दर्भमा महासचिव स्वयम्ले चासो दिएर जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गरेकामा धन्यवाद व्यक्त गरे । भेटवार्तामा प्रधानमन्त्री कोइरालाले विश्व शान्ति स्थापनाका लागि नेपालले निरन्तर योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले जानकारी दिए ।
प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा दिनेश भट्टराई, राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत भ्रमणदलका अन्य सदस्य सहभागी थिए । रासस
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत