आइक्लाउड अकाउण्ट ह्याक भएसँगै आफ्ना केही निर्वस्त्र तथा केही कामूक तस्वीर ह्याकरले इन्टरनेटमा सार्वजनिक गरिदिएपछि युक्रेनकी युवा नेतृ ओल्गा ल्युलचाकलाई ठूलै आपत पर्ने ठानिएको थियो ।
युक्रेनमा ती नेतृका त्यस्ता नांगा तस्वीरको कडा आलोचना भएको थियो । तर त्यसलाई हल्का रुपमा लिँदै ३० वर्षीया ओल्गा जो अक्टोबरमा हुने संसदीय चुनावमा समेत उठ्दैछिन् उनले ती तस्वीरलाई कलाको रुपमा लिनुपर्ने बताएकी हुन् ।
‘विश्वले भान गोह, टाइटियान लगायतका महान कलाकारको कलाकारितालाई सम्मान गर्छ । उनीहरुले सिर्जना गर्ने नग्न सौन्दर्यको तारिफ गरिन्छ ।’ उनले अगाडि भनेकी छिन्, ‘अहिलेको युगमा निर्वस्त्र देखिने महिलालाई अश्लील तथा लाजमर्दो ठानिन्छ । तर मैले यो कुरा बुझ्न सक्दिन । म ठान्छु यस्तो निर्वस्त्रपना भनेको शुद्ध कला हो ।’
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत