राजेन्द्र आचार्य
चितवन, असोज ११ – नेपाल विद्यार्थी संघ चितवनका जिल्ला उपाध्यक्ष वचन कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले चोरीसहित विभिन्न आरोपमा पक्राउ गरेको छ ।
चितवन प्रहरीको गुण्डागर्दी नियन्त्रण अभियान अन्र्तगत कार्कीलाई चोरी मुद्दासहित विभिन्न आरोपमा आज दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सहकुल वहादुर थापाले बताए ।
उनलाई आज दिउँसो कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भरतपुरबाट प्रहरीको एक टोलीले पक्राउ गरि नियन्त्रणमा लिइएको हो ।
पटक–पटक निगरानी राख्दा पनि फरार रहेका कार्की माथि चोरी मुद्दा दर्ता भईसकेको र थप अनुसन्धानको लागि पक्राउ गरि नियन्त्रणमा लिएको उनले बताए । चाँड पर्वको समयमा सार्वजनिक स्थलमा हो होल्ला गर्दै शान्ति सुरक्षामा खलल पुराएको प्रहरीको आरोप छ ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत