काठमाडौँ ।
पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिजिल भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो ।
चार सातासम्म देशभरका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको कोहिनुरले अहिले पनि उस्तै व्यापार गरिरहेको छ । आज शुक्रबारदेखि सातौं सातामा प्रदर्शन भइरहेको कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धर बताउँछन् । हाल राजधानीका एक दर्जन हलमा प्रदर्शन भइरहेको फिल्मले विदाको दिन ओभरफुलको व्यापार गर्ने गरेको छ भने अन्य दिन औसत व्यापार गरिरहेको मानन्धरले बताए । यस हिसाबले हेर्दा कोहिनुर अझै केही साता चल्ने देखिएको छ ।
कोहिनुरको छायामा परेर फ्लप भएका फिल्ममा पर्छन्, ६ भदौंमा रिलिज भएको ताण्डव र ठूली, १३ भदौंमा प्रदर्शन भएको यो कथा हो तिम्रो मेरा र उत्सव, यद्यपि ठूलीका निर्देशक सूर्य बोहोरा भने आफ्नो फिल्म हिट भएको दावी गर्छन् । यो कथा हो तिम्रो मेराका वितरक गोविन्द शाहीले फिल्मले औसत व्यापार गरेको बताउँछन् ।
२० भदौंमा प्रदर्शन भएको सुवास थापाको बिर्खेलाई चिन्छस्ले भने लगानीसम्म कभर गर्ने देखिएको छ । कमेडी फ्लेभरको फिल्मले दोसो सातामा देभरि गरेर करिब ९० लाखको व्यापार गरेको निर्माताको दाबी छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत