७ जनाको मृत्यु ,दुर्घटनामा १७ जना घाइते
बस, एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा ७ जनाको मृत्युमहेन्द्र राजमार्गअन्तर्गत् नवलपरासीको बाँसाबसहीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै र ३ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र एक पुरुष रहेका छन् । मृतकमध्ये ५ जनाको सनाखत भएको छ । सनाखत हुनेमा केरवानी–१ की मेहरुननिसा फकीर, छोट्कीरामनगर–३ की साहिरा निसा, रुपन्देही पजरकट्टी–७ कि सविर निसा, रुपन्देही सिक्टहन–२ का हुसेन मिंयाँ र नवलपरासी रामग्राम–९ कि फूलेश्वरी पासी छन् । बस, एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । सनाखत हुन नसकेका एक पुरुषको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । त्यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकाहरुको लुम्बिनी अञ्चल अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत