२९ असोज, काठमाडौं । हुदहुद आँधीका कारण मनाङ र मुस्ताङमा भएको हिमपातमा परी २४ जनाको मृत्यु भएको छ । मुस्ताङमा १६ जनाको र मनाङमा ८ जनाकोृ मृत्यु भएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार अन्नपूर्ण ट्रेकमा गएका९ जना नेपाली र ७ जना विदेशी नागरिकको हिमपातमा परी मृत्यु भएको पुष्टि भएको छ । ‘डमक्यामदेखि थोराङपाससम्मको यात्राका क्रममा उनीहरुको मृत्यु भएको हो’ उनले अनलाइनखबरसँग भने ।
उनका अनुुसार १९ जनाको उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरसहितको टोली उद्दारमा खटिएको छ ।
यस्तै मनाङमा ८ जनाको मृत्यु भएको छ । नारमा ३ र फूमा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लाछिानेले जानकारी लिए । उनका अनुसार नारमा तीन नेपालीको मृत्यु भएको छ । उनीहरु स्थानीय हुन् ।
फूमा चार क्यानेडियेली र एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन जना क्यानेडिन नागरिक र एक नेपालीको उद्धार गरिएको छ ।
हुदहुद समुन्द्री आँधीको प्रभावले नेपालमा आएको मौसम परिर्वतनका कारण हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत