भारतको पटनामा जनकपुरकी एक नेपाली युवती जवर्जस्ती सेक्स राकेटमा धकेलिएपश्चात उनलाई प्रहरीले बेहोश अवस्थामा फेला पारेको छ।
यहाँस्थीत जागरण दैनिकले जनाएअनुसार ती नेपाली युवतीलाई बेहोस अवस्थामा सकडको किनारमा भेटेपश्चात महिला हेल्पलाईन मार्फत प्रहरीको शरणमा पुगेगी थिइन्।
प्रहरीसूत्रका अनुसार जनकपुर घर भएकी ती युवती एक वर्ष अगाडी पटना पुगेपश्चात त्यहाँ घरमा काम गर्न भनी एक अधवैंशे महिलाले व्यूटि पार्लरमा काम लगाई केही समयपश्चात सेक्स राकेटको जिम्मा लगाएको जनाइएको छ।
उनलाई एक दलालको जिम्मा लगाई सेक्स राकेटमा धकेलिएको तर उनी एपार्टमेन्टमा आउँदै गर्दा दुर्घटनामा परेपश्चात उनलाई बेहोस अवस्थामा भेटिएको थियो।
जागरण दैनिकका अनुसार उनलाई प्रहरीले महिला हेल्पलाईनको जिम्मा लगाएको तर ती नेपाली यूवती राम्रो सँग सबैकुरा बताउने अवस्थामा नरहेको जनाइएको छ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत