अक्टोवर २६ तारिखमा हङकङमा आयोजना हुने ‘इन्फा अवार्ड २०७०’ को उत्कृष्ट्र पाँच मनोनयन सार्वजनिक गरिएको छ । कान्तिपुर टेलिभिजनबाट लाइभ प्रसारण गरिएको होटल हायतको कार्यक्रममा निर्माता एवं गोपिकृष्ण मुभिजका प्रबन्ध निर्देशक उद्धव पौडेललाई ५ लाख रुपैयाँ सहित लाइभटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने ‘इन्फा’ को निर्णय सार्वजनिक गरियो ।
‘इन्फा’ अध्यक्ष दिपक श्रेष्ठले नेपाली फिल्मको बजार विस्तार गर्न अन्र्तराष्ट्रिय स्तरमा अवार्डको आयोजना गर्न लागिएको बताए । ‘इन्फा’ अध्यक्ष श्रेष्ठले भने, ‘यो अवार्डलाई निरञ्तरता दिएर फिल्म सम्बन्धी कुनै एक विधामा नेपालमै प्रतिष्ठान खोल्ने योजना हामीले राखेका छौं ।’
‘इन्फा अवार्ड २०७०’ को उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले दिप प्रज्जवलन गर्दै गरेका थिए । मन्त्री रिजालले हङकङको अवार्ड समारोहमा भने आफु सहभागी नपाउने बाध्यता सुनाए । मन्त्री रिजालले अवार्ड सफलताको लागि शुभकामना दिदैं यसले नेपाली फिल्मको विकासमा सहयोग पुर्याउने विश्वास राखे ।
त्यस्तै नेपाल क्लब हङकङका अध्यक्ष रिता गुरुङले पनि देश बाहिर अवार्ड कार्यक्रमको आयोजना गरेर नेपाली फिल्मको बजार विस्तार गर्न लागिएको भन्ने उद्धेश्यलाई दोहोर्याइन । नेपाल क्लब हङकङसँगको सहकार्यमा पहिलो संस्करणको इन्फा अवार्ड त्यहाँको युगल थिएटरमा सम्पन्न हुँदैछ ।
इन्फाको टाइटल स्पोन्सर ‘नेबिको’ ले गरेको छ । अवार्डमा हङकङ्गेली नेपालीवासी र नेपाली फिल्मका कलाकार तथा प्राविधिकको सहभागीता रहनेछ ।
उत्कृष्ट्र पाँचको मनोनयनलाई आयोजक टिमले भव्य बनाएको थियो । होटल हायतको कार्यक्रम कक्षमा जितु नेपाल र विल्सन विक्रम राईले हास्य व्यङ्ग्यको झटारो हानेका थिए भने नन्दिता केसी, केकी अधिकारी, यशराज गराच, प्रियंका कार्की, माला सुब्बा र नरेश विर सिंहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न २० विधामा प्रदान गरिने 'इन्फा' को उत्कष्ट्र पाँचको नोमिनेशन यस्तो छ ।
१. सर्वोत्कृष्ट फिल्म
नाई न भन्नु ल २
छ एकान छ
महशुस
मोक्ष
होस्टेल
२. सर्वोत्कृष्ट निर्देशक
विकास आचार्य – नाई न भन्नु ल २
दिनेश डिसी – छ एकान छ
नवल नेपाल – महशुस
सबिर श्रेष्ठ – काली
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
३. सर्वोत्कृष्ट अभिनेता
आर्यन सिग्देल – महशुस
सौगात मल्ल – फिटकिरी
यश कुमार – वीर
किशोर खतिवडा – ढुवानी
अनुभव रेग्मी – नाई न भन्नु ल २
४.सर्वोत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – मौन
रेखा थापा – काली
प्रियंका कार्की – झोले
नीता ढुंगाना – छ एकान छ
केकी अधिकारी – महशुस
५. सर्वोत्कृष्ट सह अभिनेता
निर शाह – महशुस
सुरज सिंह ठकुरी – नाई न भन्नु ल २
बाबु बोगटी – वितेका पल
श्याम राइ – प्रोड्युसर
सुवास थापा – तोरी लाहुरे
६.सर्वोत्कृष्ट सह अभिनेत्री
बसुन्धरा भुसाल – पराई
प्रियंका कार्की – नाई न भन्नु ल २
नन्दिता केसी – पराई
बेनिषा हमाल – मोक्ष
७.सर्वोत्कृष्ट हास्यकलाकार
सिताराम कट्टेल – छ एकान छ
जय किसन बस्नेत – दुइ दुना पाच
विल्सन विक्रम राई – प्रोड्युसर
दिपक राज गिरि – छ एकान छ
सन्दीप क्षेत्री – छ एकान छ
८. सर्वोत्कृष्ट खलपात्र
सुवास थापा – किन किन
झरना थापा – कोहि त् छ
दयाहाङ राई – लोफ़र
मुकेश आचार्य – मुटु
९.सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – नाई न भन्नु ल २
सुरेश अधिकारी – महशुस
डम्बर नेपाली – बितेका पल
बसन्त सापकोटा – काली
अर्जुन पोखरेल – बिन्दास२
१०. सर्वोत्कृष्ट कथा
विकास आचार्य – नाई न भन्नु ल २
प्रविन श्रेष्ठ – मोक्ष
नविन गौली र सुरज भुषाल – मौन
बिनोद पौडेल – साँघुरो
पिताम्बर पाण्डे – ढुवानी
११.सर्वोत्कृष्ट पटकथा तथा संवाद
विकास आचार्य – नाई न भन्नु ल २
हेमराज विसी – होस्टेल
दिपक राज गिरि – छ एकान छ
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
१२. सर्वोत्कृष्ट गीतकार
डा. कृष्ण हरि बराल – नाई न भन्नु ल (मर्ने कसैलाई)
डा.कृष्ण हरि बराल – नाइँ न भन्नु ल (यी आखामा)
प्रविन श्रेष्ठ – मोक्ष (खुल्ला आकासमा)
भुपेन्द्र खड्का – झोले (तिमि नै मेरो)
राम अविरल – बिन्दास (सुन्छु तिमीले मलाइ)
१३. सर्वोत्कृष्ट पार्श्व गायन 'पुरुष'
प्रेम परियार – नाइँ न भन्नु ल (यी आखामा)
स्वरूप राज आचार्य – नाई न भन्नु ल (मर्ने कसैलाई)
प्रल्हाद तिमल्सिना – काली (स्लोली स्लोली)
राजेश पायल राइ – झोले (तिमिनै मेरो)
शिव परियार – बिन्दास (सुन्छु तिमीले मलाई)
१४. सर्वोत्कृष्ट पार्श्व गायन 'महिला'
मिलन अमात्य – काली ९स्लोली स्लोली०
दुर्गा परियार – महशुस ९दिल चुप छ०
प्रकृति गिरि – वितेका पल 'जब साँझ पर्छ'
दुर्गा खरेल – बिन्दास (सुन्छु तिमीले मलाइ)
अन्जु पन्त – हो यहि माया हो 'यति धेरै माया'
१५. सर्वोत्कृष्ट नव नायक
अनमोल केसी – होस्टेल
सलोन बस्नेत – होस्टेल
कोसिश क्षेत्री – मोक्ष
सुशांक मैनाली – साँघुरो
अभिनास गुरुङ – वितेका पल
१६. सर्वोत्कृष्ट नव नायिका
सुजाता कोइराला – मन्जरी
प्रकृति श्रेष्ठ – होस्टेल
सगुन शाही – ढुवानी
कोमल ओली – राजनीति
जश्मीन श्रेष्ठ – मेरो मनको साथी
१७. सर्वोत्कृष्ट द्वन्द
हिमाल केसी – वार
रोशन श्रेष्ठ – काली
हिमाल केसी – वीर
राजेन्द्र खड्गी – नथीङ इम्पोसिबल
१८. सर्वोत्कृष्ट सम्पादन
अनन्त थपलिया – छ एकान छ
लोकेस बज्राचार्य – कर्कस
अन्जय खड्का – साँघुरो
सुरेन्द्र पौडेल – होस्टेल
प्रविन श्रेष्ठ – मोक्ष
१९.सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – काली (स्लोली स्लोली)
कविराज गहतराज – लोफ़र (एकासी दुक्कासी)
साइमोन – प्रोड्युसर तिम्रो आखाहरु
रेनेशा राई – झोले (तिमि नै मेरो)
२०. सर्वोत्कृष्ट छायांकन
हरि लामा – वितेका पल
पुरुषोत्तम प्रधान – ढुवानी
दिव्या सुबेदी – महशुस
मोक्ष टिम – मोक्ष
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत