Monday, October 20, 2014

मोडल परिनाको चलचित्रमा आइटम नृत्य गर्ने रहर

सन् २०१० मै एक्सपोजनेपाल डटकमले आयोजना गरेको ‘मिस्टर एण्ड मिस राजधानी’ मा ‘मिस राजधानी’ उपाधी जित्न सफल परिना राई पछिल्लो पाँच वर्षदेखि मोडलिङ तथा अभिनयमा व्यस्त छिन् । दमक, झापाकी स्थायी वासिन्दा परिना ‘मिस राजधानी’ को उपाधीसंगै मोडलिङमा सक्रिय भएकी हुन्। परिनाले यो अवधीमा करिव ५० वटा फेसन शोमा क्याटवाक गरिसकेकी छिन्। 


आधा दर्जन विज्ञापनमा समेत मोडलिङ गरेकी परिनाले गायक बादल प्रसाईंको ‘साइँली माइली’ गीतमार्फत म्युजिक भिडियोको अभिनय यात्रा समेत प्रारम्भ गरेकी परिना यतिबेला चलचित्रमा नायिकाको रुपमा डेब्यू गर्ने तयारी गर्दैछिन्। छायांकनको क्रममा रहेको ‘लभ हो यो’ मा अनबन्ध भए पनि अभिनय गर्ने/नगर्ने बारेमा टुंगो भैनसकेको उनी बताउँछिन्। 


‘अभिनय र नृत्यमा पारंगत छु, थुप्रै स्टेज शोमा आकर्षन नृत्य गरिसकेकी परिना भन्छिन् ‘मलाई अब चलचित्रमा आइटम नृत्य गर्ने मन ५ फिट ४ ईन्च अग्ली परिना क्याजुअल वेयरकी पारखी हुन्। आफूलाई बिन्दास स्वभावकी युवती बताउने उनी भिआर बाइककी सौखिन हुन्। धरानबाट धेरै पटक उनी साथीहरुसंग भिआर हाँकेर भेडेटारसम्म पुगिसकेकी छिन्। फुर्सदमा नृत्य गर्न रुचाउने परिना स्नातक तहमा अध्ययनरत छिन्। जावलाखेलमा अस्थायी बसोबास गर्ने परिना तिहार लगत्तै एयर होस्टेजको प्रशिक्षण समेत लिंदैछिन्। ‘सानैदेखिको सौख पुरा गर्न यो प्रशिक्षण लिन लागेकी हुँ, परिनालाई आकाशमा उड्न समेत उत्तिमै मनपर्छ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत