Monday, October 6, 2014

हिन्दु भए पनि बकर इदको यसरी दिए आर्यन सिग्देलले शुभकामना


अञ्जु पन्तले त्यसो गर्दा आर्यन सिग्देलले यसो गरे



धार्मिक सहिष्णुतामा खलल पुग्ने प्रकृतिको भिडियो टेप बाहिर आएर जसरी अन्जु पन्त विवादमा तानिएकी थिईन ठीक त्यस घटनाको विपरित आर्यन सिग्देलले धार्मिक सहिष्णुता कायम गर्न एक तस्बिर सार्वजनिक गरेका छन् ।

बकर इदको अबसरमा आर्यनले मुस्लिम पोषाकमा इद मनाईरहेको तस्बिर केही बेर अघि सार्वजनिक गर्दै लेखेका छन् । ‘मुबारक इद मुबारक सवको । मे अल्लाह वि विथ अस, इद मुबारक । ‘

आर्यन पूर्ण रुपमा हिन्दु हुन तर सेलिब्रेटी भएका नाताले सवै धर्मको सम्मान गर्नुपर्छ मान्यतालाई उनले बोकेका छन् । उनी भन्छन् ‘हामी सेलिब्रेटी मात्र हैन सामान्य ब्यक्तिले पनि धर्मममा विभेद गर्नुहुन्न ।’

केही समय अघि मात्र मुस्लिम सब्जेक्टको फिल्म अलविदा खेलेका आर्यनले मुस्लिम धर्मलाई बुझ्ने मौका फिल्म खेलेपछि अझ बढी पाएको बताएका छन् ।

उक्त फिल्ममा आर्यनका मिल्ने साथी हसन खान पनि मुख्य अभिनेता भएर खेलेका छन् जसले हिन्दुहरुको चाँड आउँदा उत्सुकताका साथ सहभागीता जनाउने गर्दछन् पनि ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत