Saturday, October 11, 2014

अनेसास काव्य सन्ध्या




काठमाडौ, आश्विन २३ - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु साउथ वेल्सको नियमित साहित्यिक शृंखला 'अनेसास काव्य सन्ध्या' सिड्नीको मुग्लान रेस्टुरेन्टमा सम्पन्न भएको छ । यो शृंखलामा नेपालबाट गएका अनेसास केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीलाई सम्मानसमेत गरिएको थियो । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वली तथा अनेसास अस्ट्रेलियाका अध्यक्ष महेन्द्र पौडेलले सम्मान गरेका हुन् । यसपछि लेकालीको गीति संग्रह 'आगत 'को लोकार्पण गरिएको थियो । साहित्यकार शोभाकान्त गौडेल, वेदकुमारी न्यौपाने, रामजी विष्ट, श्री नापित र महेन्द्र लम्सालले संयुक्त रूपमा संग्रह सार्वजनिक गरेका हुन् । अनेसासकै केन्द्रीय उपाध्यक्ष भीमसेन सापकोटा कृतिमाथि टिप्पणी गरेका थिए ।

काव्य सन्ध्यामा महेन्द्र पौडेल, निष्प्रभ सजी, सानु घिमिरे, कुमार गिरी, प्रदीप चापागाईं, सुरेन्द्र दवाडी, जानकी पौडेल, प्रतिज्ञा अधिकारी, विकास उप्रेती, निरज जोशी, ममता तिवारी, सिद्धिविनायक शर्मा लगायतले कविता, गजल र मुक्तक वाचन गरेका थिए ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत