३ कात्तिक, गजुरी(धादिङ) ।
काठमाडौँबाट धादिङको चरौँदीतर्फ जाँदै गरेको ना४ ख ८८१३ नं को ट्रक आज साँझ त्रिशूली नदीमा खस्दा पाँच जना बेपत्ता भएका छन् ।
चालक विमल खड्कासहित सहचालक र तीन यात्रु रहेको ट्रक चरौँदीतर्फ तरकारी लिन जाँदै गरेको गजुरी प्रहरीले जनाएको छ । हराउने अन्यको भने नाम खुल्न सकेको छैन ।
ट्रक पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाविस–२ फुर्केखोला नजिकैबाट त्रिशूलीमा खसेको हो । नदीमा खसेको ट्रकको माथिल्लो भाग मात्र देखिएको र हराइरहेकाहरुको खोजी भइरहेको जनाइएको छ । रासस
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत