Tuesday, October 21, 2014

विमानबाट लात्तले हानेर खसालियो (भिडियो सहित)

एजेन्सी ।

विमान चढेका यात्रुलाई लात्तले हानेर विमानबाट खसालियो भने कस्तो अवस्था आउला ? कल्पना गर्नुस् त ।

यस्तै घटना भएको छ हङकङमा यस्तै भएको छ आइतबार ।



एक यात्रुलाई विमानका अधिकारीहरुले लात्तले हानेर झारिदिएका हुन् । हङकङको नाखोन श्री थाम्मार्टबाट विमान चढेका ती यात्रुको ब्याग चेक गरेपछि अधिकारीहरुले उनको ब्याग अत्याधिक गह्रौं भएको भन्दै राख्न अस्वीकार गरे ।

आफ्नो ब्यागमा कुनै हतियारमा नभएको भन्दै रिसाएका ती यात्रीले रिसाएर ब्यागमा रहेका सामान फ्याँकिदिएका थिए ।

उनी रिसाएपछि विमानका अधिकारीहरु पनि झनै रिसाए र आफूलाई चर्को बोलेकै कारण विमान चढ्न नदिने भन्दै कराए ।

उनले ब्याग फ्याँकिदिएपछि पनि अधिकारीहरुले उनलाई विमानबाट बाहिर जान आदेश दिए ।
ब्याग फ्याँकेपछि के चाहियो भन्दै कराइरहेका उनलाई अधिकारीहरुले विमानबाट लात्तले हानेर निकाले र विमानस्थल बाहिर सम्म सुरक्षा अधिकारीहरुको निगरानीमा ल्याइएको थियो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत