Sunday, October 12, 2014

संख्यामा एकमत,नाममा अड्को


काठमाडौं,असोज २७ – प्रमुख राजनीतिक दलहरू ६ देखि ७ प्रदेश रहने गरी राज्य पुनःसंरचना गर्न सहमतिनजिक पुगेका छन् तर माओवादीले नामाकरणको विषयमा आफ्नो अडान छाडेको छैन।

आइतबार दिनभर भएको छलफलमा एकीकृत माओवादीले नेपाली कांग्रेस र नेकपा एमालेले भनेकै संख्यामा जाने हो भने एकल पहिचान हुनुपर्ने अडान राखेको छ। साझा पहिचानमै जाने भए पनि दुई जातिको नाम समावेश गर्नैपर्ने अडान एमाओवादीको छ।
कांग्रेस र एमालेले भने साझा पहिचानका आधारमा ६ वा ७ प्रदेशमा जानुपर्ने, नामकरण साझा पहिचानमा हुनुपर्ने तर तोकिएको साझा पहिचानमा विवाद भए प्रदेशसभालाई नै राज्यको नामकरण गर्ने जिम्मेवारी दिन सकिने प्रस्ताव अघि सारेका छन्।
आइतबार तीन दलका शीर्ष नेता, कांग्रेस–एमाले, एमाले–एमाओवादी, एमाओवादी–कांग्रेसबीच पटकपटक वार्ता भएको थियो।
कांग्रेस र एमाले आफ्नो अडानबाट पछि हट्नै नचाहेपछि एमाओवादीले ६ वा ७ प्रदेशमा गए प्रदेशको नाम एकल पहिचानको हुनुपर्ने अडान राखेको एमाओवादी स्रोतले जानकारी दिएको छ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई र तीन पक्षबीचको छलफलमा आफूहरूले एमाओवादीसँग साझा पहिचानसहित ६ प्रदेश हुनुपर्ने धारणा राखेको बताए। ‘उहाँहरू (एमाओवादी) ले ६ प्रदेशमा जाने हो भने पहिचानको नाम हुनुपर्छ भन्नुभयो’ु पौडेलले पत्रकारसँग भने,‘एकल पहिचान नभए किरातरलिम्बुवानरकोसी जस्तो हुनुपर्छ भन्ने उहाँहरूको अडान हो। १० प्रदेश गर्ने हो भने प्रदेशसभालाई निर्णय गर्न दिए पनि हुन्छ भन्ने कुरा गर्नुभयो। हामीले प्रदेशहरूको सकेसम्म साझा नाम राखौं भन्यौं। साझा नाममा विवाद भयो भने प्रदेशसभाले नै नाम राख्न सक्ने अवस्थामा सहमति कायम गर्न सकिन्छ।’
आजको नागरिक दैनिाकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत