Monday, May 16, 2016

सफल गायिका योजनाका केहि योजनाहरु

    
        कलाकारिता क्षेत्रलाइनै आफ्नो सुन्दर भबिस्यको अर्को पाटो हो भन्ने कालाकारहरुको चाप र छाप बिस्तारै घट्दै नगएको हैन तर केहि कलाकारहरु यस्ता छन् जसको आवाजले गर्दा सृजनाको जगेर्नमा कहिँन कहीबाट टेवा पुर्याउने काम जारि छ जसले गर्दा यही क्षेत्रमा टिक्न बिक्न सकिने कहिँ कलाकारहरु छन जस मध्यकी एक गायिका हुन् “योजना पुरी” ।चन्चले स्वभाब तर गीत संगीतको कुसल गायिका ,तथा पत्रकार सानै उमेर देखि गीत संगीतलाई आफ्नो गायनको स्रोत बनाएकी गायिका योजना पुरीको जन्म मोरङमा भएको हो । सानै उमेर देखि केहि गर्छु भन्ने भावना बोकेकी गायिका तथा संचारकर्मी योजना छोटो समयकी सफल गायिकाको रुपमा चिनिदै आएकी छिन ।जहा प्रबेस त्यहि सफल साहेद योजनालाई भाग्यले धेरै साथ् दिएको हुनु पर्छ र कर्ममा पनि आफुलाइ एउटा क्रमठ नारीको रुपमा लिन्छिन यसको देन आज सफल सर्जक तथा पत्रकार हुनुहो जस्तो लाग्छ ।



मनै त हो मायालु …. ..घारघुर मदानी…पहाडकी छोरी….साननानाी भन्छन् कोही मलाई….आजभोली….ए शिवजी….डाली घास निगाली …झन्डै बिर्सेछु…. तिमी भए चहकिलो घाम जिन्दगानी….घर होइन मन ठुलो भएको….जस्ता गीतहरुबाट चर्चा कमाएकी गायिका योजनाको जिबन कहानी यस हप्ताको हाम्रो स्तम्बमा सहकर्मी समिप चौलागाईले लिनु भएको उहाकै जिबन यात्राको तीतोसत्य घटनालाई जस्ताको तस्तै आजको साप्ताहिक स्तम्ब भित्र :-

स्वागत छ योजना जि लालिगुरासको विशेष स्तम्भमा
योजना :धन्यावाद लालाीगुरास बिषेश स्तमभलाइ अनि समिप भाइलाइ

केमा ब्यस्त हुनुहुन्छ आज भोलि ?
योजना :म्युजिक र संचार क्षेत्रमै ब्यस्त छु ।

कलाकारितामा मात्र नभएर पत्रकारितामा पनि ब्यग्लै पहिचान बनाएर अगाडि बढिरहनु भएको छ ,कसरी मिलाउनु भएको छ यो समय?
योजना:मलाइ मन पर्ने क्षेत्रनै कलाकारिता र पत्रकारिता हो । मनपरे पछि समय मिलाउन खासै गाह्रो हुन्न ।

कति भयो यस क्षेत्रमा आफुले कलम साथै आवाज दिन थाल्नुभएको ?
योजना : मैले गित गाउन थालेको ९ बर्ष बितिसक्यो भने पत्रकारिक गर्न थालेको पनि ४,५ बर्ष बितिसक्यो ।

थोरै पृष्ठभुमि बताइदिनुस्न कहाँ जन्म भयो कस्तो थियो बाल्यकाल ?
योजना :मेरो जन्म मोरङ्गको राजघाटमा भएको । म सानै बाट केहि गर्नु पर्छ भन्ने भावाना बोकेर अधि बढ्को साहसी नारी भन्न रुचाउछु । मध्ययम बर्गीय परिवारमा जन्मीएकी हु ।

साङितिक यात्राको पहिलो कोसेली कुन थियो ?
योजना : मेरो पहिलो गित सम्झन्छु तिमीलाइ भन्ने हो र यो दमकमा रेकर्ड भएको थियो ।

हालसम्म कतिवटा एल्बम र गीतहरू वजारमा छन ?
योजना :दुइओटा एल्बम र ३ दर्जन गितहरु आएका छन ।

योजना आफुलाइ कस्तो गायिका भनेर चिनाउन चाहनुहुन्छ ?
योजना :म कस्तो भन्दा पनि सबै खाले गित गाउन चाहाने र गाउने गायिका भन्न चाहान्छु ।

तपाईं बिबाहित त पक्कै हैन तर उमेर अब भयो जस्तो पनि लाग्यो ,बिबाह गर्नु भयो भने प्रेम बिबाह रोज्नु हुन्छ कि बाबा आमाको रोजाइ ?
योजना :पक्कै पनि बिहे गर्ने उमेर भएको हो । थाहा छैन कस्तो बिहे आफुले भनेर मात्र हुदैन खै के लेख्या छ यो भाग्यमा तर मलाइ प्रेम बिवाह नै मनपर्छ ।

जिवनको सबैभन्दा अमुल्य बस्तु के लाग्छ तपाइलाइ?
योजना :सम्रह जीवननै अमुल्य लाग्छ मलाइ ।

तपाइले जीवनमा गरेको त्यस्तो काम जस्ले आफैलाइ आज सम्झदा गल्ती गरे जस्तो लाग्छ त्यस्तो कुनै कार्य छ सम्झन सकिने ?
योजना :अहिले सम्म त्यस्तो नराम्रो काम गरेको छैन तर कहिले काहि अलिक चाडो निणर्य लिन्छु रहेक कुराको ।
बनपाखा रहदा मेलापत कतिको गर्नुभयो ?
योजना :अवस्य पनि गाउँमा जन्मीएको नारी म गएको छु सानो छदा मेलापात अहिले सम्झिदा रमाइलो लाग्छ ।
परिवारमा तपाइको काम प्रती सकारात्मक दृस्ठिकोण छ कि छैन ?
योजना :अहिले एकदमै सकरात्मक दृष्टीको छ मेरो परिवार गर्व गर्नुहुन्छ म प्रति ।

एसपाली योजनाले तिजमा कतिको नचाउदै छिन ?आवाजमा कुनै तिज विशेष गीत आउदै छ कि छैन ?
योजना :अवश्य आउने छ तिज गित सबैलाइ नचाउने छु ।

जो एक जना तपाइको परिवारमा सम्झनै पर्ने कोही छन ?
योजना:मेरो लागी मेरा परिवारका सबै उतिकै प्रिय हुनुहुन्छ ।

गीत सङ्गीत के लाग्छ तपाइलाइ ?अहिले आएको सङ्गीतको बिकृती प्रती केहिछ भन्नू ?
योजना :हरेक कुरामा राम्रो नराम्रो भइहाल्छ के आवाश्यकता के को स्रोता दर्शकको त्यहि लिनुहोस भन्न चाहान्छु । राम्रो चिजलाइ हौसला र प्रेरण दिनुहोस् बिकृती ल्याएकालाइ खवदारी गर्नुहोस् ।

अन्तिममा हाम्रा पाठकलाइ के भन्नू हुन्छ सङ्गीत र कलाकारिता को भुमिकाबाट ?

योजना:यसक्षेत्रलाइ माया गर्नुहोस् सुनेर हेरेर प्रतिक्रीय दिनुहोस् । अहिले नेपाली गितसंगित पनि धेरै राम्रो हुदै आएका

@copy- लालिगुरास

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत