Tuesday, February 7, 2017

ब्वाइफ्रेण्ड’को विशेष शो गर्न लक्की मिडिया र निर्माता खनालबीच समझदारी..

फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘ब्वाईफ्रेण्ड’ देखाउने तयारीमा चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवन लागेको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो र च्यारीटी शो गर्दै आएको छ । आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुराना नेपाली चलचित्र देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ‘ब्वाईफ्रेण्ड’ को बिशेष शो हुने भएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की" ले जानकारी दिनुभयो ।लायन खनाल निर्माता रहेको चलचित्र ब्वाईफ्रेण्डको अहिले डबिङ कार्य धमाधम भैरहेको छ । अन्य चलचित्रको तुलनामा चलचित्र ‘ब्वाइफ्रेण्ड’ युवा पिंढीहरुमा लोकप्रिय बन्ने र यसले युवा पिंढीको वर्तमान अवस्थालाई उजागर गर्ने कथाबस्तु समेटिएकाले डबिङ कार्य जारी रहेकै समयमा विशेष शो गर्ने निर्णय लिइएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष कार्कीले बताउनुभयो । उहाका अनुसार निर्माता लायन खनाल र लक्की मिडिया हाउसका अध्यक्ष कार्कीबीच विशेष शो गर्ने विषयमा समझदारी समेत भैसकेको छ । युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरीप्रति जिम्मेवारी वहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रमा समेटिएको छ । ब्वाईफ्रेण्ड चलचित्र चेतनामूलक भएपनि यसलाई कर्मसियल शैलिमा प्रस्तुत गरिने निर्माता खनालले बताउनुभयो । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहेको छ ।मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत