Tuesday, May 17, 2016

गर्मी मौसममा युवतीलाई ९ टिप्स







      युवकभन्दा युवती फेसनमा चुजी हुन्छन् । त्यसैले त यसवतीका फेसन आइटम हप्ता–हप्तामा बदलिन्छ । टिनेजरदेखि ३५ वर्षसम्मका युवती फेसनमा बढी नै सोख राख्छन् ।

गर्मीको यो मौसममा युवतीका छनोटमा पर्छन्– छोटा, हल्का, खुकुला र पातलाकपडा । तर, यस्ता कपडा रहर गर्ने युवतीले तलदेखि माथिसम्मको ड्रेसअप म्याच गर्न जरुरी हुन्छ भने कपडा छान्दा रङमा पनि विशेष ध्यान दिनुपर्छ ।

युवतीहरुलाई गर्मीमा व्युटिफुल देखिने केी ड्रेसअप टिप्स यस्ता छन् :

१. उज्याला रङका कपडा छान्नुहोस् । सेतो, गुलाबी, निलो, सुन्तलाजस्तो रङ रोज्नु राम्रो हुन्छ । बुट्टेदार कपडा पनि गर्मीमा राम्रो हुन्छ, तर उज्याला रङमा फुलबुट्टा प्रिन्ट गरिएको रोज्नुहोस् ।

२. बुनेका विभिन्न खाले कपडा पनि बजारमा पाइन्छ । कटन, सिल्क र रेबनको रोज्नु उत्तम हुन्छ । हल्का हुने भएकाले यस्ता कपडाले शरीरमा सहज महसुस गराउँछ ।

३. जाली (नेट) र बुट्टेदार जाली (नेटभन्दा थोरै बाक्लो), सिफोन जर्जेट, (सिफोनभन्दा हल्का कडा) खालका कपडा अहिले फेसनमा छन् ।

४. गर्मीमा सजिलो र धेरै युवतीले रुचाउने जिन्स पाइन्ट हो । बजारमा विभिन्न किसिमका जिन्स पाइन्ट आएका छन् । ब्वायफ्रेन्ड जिन्स (कम्मरको माथिसम्म पुग्ने, ग्रन्च भएको, केही खुकुलो र छोटो), स्किनी जिन्स, डेनिम जिन्स, सर्टस (हाफ पाइन्ट) रोज्न सक्नुहुन्छ । गमीृका लागि स्कर्ट पनि राम्रो ड्रेशअप हो । स्कर्टमा म्याच गराउन कलरफुल सर्ट नै रोज्नुहोला ।

५.गाउन पनि गर्मीको उत्तम ड्रेसअप हो । गाउन रोज्दा ट्याक्स सबैभन्दा राम्रो हुन्छ । स्लिभलेस (बाहुला नभएको), अफ सोल्जर्स ड्रेस (कुमको भाग नभएको) फेसनमा छन् ।

६. वान पिस पनि गर्मीका लागि हल्का ड्रेसअप हो । यसले शीतलता पनि दिन्छ । वान पिसमा केही फेसनबेल र एक्स्ट्रा देखिन चाहनुहुन्छ भने टेलहेम डिजाइनको वान पिस (अगाडि छोटो) पछाढि लामो पुच्छरजस्तो निस्किएको लगाउनुहोस् ।

७. ड्रसअपअनुसार जुत्ता–स्यान्डल म्याच गराउनु आवश्यक हुन्छ । ओपन हिल्स, लोफर्स र हल्का स्यान्डलहरु लगाउँदा राम्रो हुन्छ ।

८. अफ सोल्जर्स टप्स अहिले फेसनमा चलेको टप्स हो । ड्रेसअपमा म्याच गर्न डेकोरेटिभ ब्याग, वर्ड प्रिन्ट (अक्षर प्रिन्ट गरिएको) बकेट ब्याग छान्न सक्नुहुन्छ । सिल्क स्कार्फ र चोकर्स लगाउँदा तपाई थप आकर्षक देखिनुहुन्छ ।

९. क्याप स्लिभ, पफ स्लिभ, हाफ स्लिभ ड्रेस पनि गर्मीका लागि फरक फेसनेबल ड्रेस हो । ड्रेसअपमा क्यापको कम्बिनेसनलmे एक्स्ट्रा लुक्स दिने भएकाले ह्याट पनि गर्मीको एक फेसनेबल आइटम हो ।

Monday, May 16, 2016

सफल गायिका योजनाका केहि योजनाहरु

    
        कलाकारिता क्षेत्रलाइनै आफ्नो सुन्दर भबिस्यको अर्को पाटो हो भन्ने कालाकारहरुको चाप र छाप बिस्तारै घट्दै नगएको हैन तर केहि कलाकारहरु यस्ता छन् जसको आवाजले गर्दा सृजनाको जगेर्नमा कहिँन कहीबाट टेवा पुर्याउने काम जारि छ जसले गर्दा यही क्षेत्रमा टिक्न बिक्न सकिने कहिँ कलाकारहरु छन जस मध्यकी एक गायिका हुन् “योजना पुरी” ।चन्चले स्वभाब तर गीत संगीतको कुसल गायिका ,तथा पत्रकार सानै उमेर देखि गीत संगीतलाई आफ्नो गायनको स्रोत बनाएकी गायिका योजना पुरीको जन्म मोरङमा भएको हो । सानै उमेर देखि केहि गर्छु भन्ने भावना बोकेकी गायिका तथा संचारकर्मी योजना छोटो समयकी सफल गायिकाको रुपमा चिनिदै आएकी छिन ।जहा प्रबेस त्यहि सफल साहेद योजनालाई भाग्यले धेरै साथ् दिएको हुनु पर्छ र कर्ममा पनि आफुलाइ एउटा क्रमठ नारीको रुपमा लिन्छिन यसको देन आज सफल सर्जक तथा पत्रकार हुनुहो जस्तो लाग्छ ।



मनै त हो मायालु …. ..घारघुर मदानी…पहाडकी छोरी….साननानाी भन्छन् कोही मलाई….आजभोली….ए शिवजी….डाली घास निगाली …झन्डै बिर्सेछु…. तिमी भए चहकिलो घाम जिन्दगानी….घर होइन मन ठुलो भएको….जस्ता गीतहरुबाट चर्चा कमाएकी गायिका योजनाको जिबन कहानी यस हप्ताको हाम्रो स्तम्बमा सहकर्मी समिप चौलागाईले लिनु भएको उहाकै जिबन यात्राको तीतोसत्य घटनालाई जस्ताको तस्तै आजको साप्ताहिक स्तम्ब भित्र :-

स्वागत छ योजना जि लालिगुरासको विशेष स्तम्भमा
योजना :धन्यावाद लालाीगुरास बिषेश स्तमभलाइ अनि समिप भाइलाइ

केमा ब्यस्त हुनुहुन्छ आज भोलि ?
योजना :म्युजिक र संचार क्षेत्रमै ब्यस्त छु ।

कलाकारितामा मात्र नभएर पत्रकारितामा पनि ब्यग्लै पहिचान बनाएर अगाडि बढिरहनु भएको छ ,कसरी मिलाउनु भएको छ यो समय?
योजना:मलाइ मन पर्ने क्षेत्रनै कलाकारिता र पत्रकारिता हो । मनपरे पछि समय मिलाउन खासै गाह्रो हुन्न ।

कति भयो यस क्षेत्रमा आफुले कलम साथै आवाज दिन थाल्नुभएको ?
योजना : मैले गित गाउन थालेको ९ बर्ष बितिसक्यो भने पत्रकारिक गर्न थालेको पनि ४,५ बर्ष बितिसक्यो ।

थोरै पृष्ठभुमि बताइदिनुस्न कहाँ जन्म भयो कस्तो थियो बाल्यकाल ?
योजना :मेरो जन्म मोरङ्गको राजघाटमा भएको । म सानै बाट केहि गर्नु पर्छ भन्ने भावाना बोकेर अधि बढ्को साहसी नारी भन्न रुचाउछु । मध्ययम बर्गीय परिवारमा जन्मीएकी हु ।

साङितिक यात्राको पहिलो कोसेली कुन थियो ?
योजना : मेरो पहिलो गित सम्झन्छु तिमीलाइ भन्ने हो र यो दमकमा रेकर्ड भएको थियो ।

हालसम्म कतिवटा एल्बम र गीतहरू वजारमा छन ?
योजना :दुइओटा एल्बम र ३ दर्जन गितहरु आएका छन ।

योजना आफुलाइ कस्तो गायिका भनेर चिनाउन चाहनुहुन्छ ?
योजना :म कस्तो भन्दा पनि सबै खाले गित गाउन चाहाने र गाउने गायिका भन्न चाहान्छु ।

तपाईं बिबाहित त पक्कै हैन तर उमेर अब भयो जस्तो पनि लाग्यो ,बिबाह गर्नु भयो भने प्रेम बिबाह रोज्नु हुन्छ कि बाबा आमाको रोजाइ ?
योजना :पक्कै पनि बिहे गर्ने उमेर भएको हो । थाहा छैन कस्तो बिहे आफुले भनेर मात्र हुदैन खै के लेख्या छ यो भाग्यमा तर मलाइ प्रेम बिवाह नै मनपर्छ ।

जिवनको सबैभन्दा अमुल्य बस्तु के लाग्छ तपाइलाइ?
योजना :सम्रह जीवननै अमुल्य लाग्छ मलाइ ।

तपाइले जीवनमा गरेको त्यस्तो काम जस्ले आफैलाइ आज सम्झदा गल्ती गरे जस्तो लाग्छ त्यस्तो कुनै कार्य छ सम्झन सकिने ?
योजना :अहिले सम्म त्यस्तो नराम्रो काम गरेको छैन तर कहिले काहि अलिक चाडो निणर्य लिन्छु रहेक कुराको ।
बनपाखा रहदा मेलापत कतिको गर्नुभयो ?
योजना :अवस्य पनि गाउँमा जन्मीएको नारी म गएको छु सानो छदा मेलापात अहिले सम्झिदा रमाइलो लाग्छ ।
परिवारमा तपाइको काम प्रती सकारात्मक दृस्ठिकोण छ कि छैन ?
योजना :अहिले एकदमै सकरात्मक दृष्टीको छ मेरो परिवार गर्व गर्नुहुन्छ म प्रति ।

एसपाली योजनाले तिजमा कतिको नचाउदै छिन ?आवाजमा कुनै तिज विशेष गीत आउदै छ कि छैन ?
योजना :अवश्य आउने छ तिज गित सबैलाइ नचाउने छु ।

जो एक जना तपाइको परिवारमा सम्झनै पर्ने कोही छन ?
योजना:मेरो लागी मेरा परिवारका सबै उतिकै प्रिय हुनुहुन्छ ।

गीत सङ्गीत के लाग्छ तपाइलाइ ?अहिले आएको सङ्गीतको बिकृती प्रती केहिछ भन्नू ?
योजना :हरेक कुरामा राम्रो नराम्रो भइहाल्छ के आवाश्यकता के को स्रोता दर्शकको त्यहि लिनुहोस भन्न चाहान्छु । राम्रो चिजलाइ हौसला र प्रेरण दिनुहोस् बिकृती ल्याएकालाइ खवदारी गर्नुहोस् ।

अन्तिममा हाम्रा पाठकलाइ के भन्नू हुन्छ सङ्गीत र कलाकारिता को भुमिकाबाट ?

योजना:यसक्षेत्रलाइ माया गर्नुहोस् सुनेर हेरेर प्रतिक्रीय दिनुहोस् । अहिले नेपाली गितसंगित पनि धेरै राम्रो हुदै आएका

@copy- लालिगुरास

नौलो आयाम बनेर उदाएकी स्मृति

   
     केहि दिन  मै गायिका स्मृति पोखरेल ले आफ्नो नया गीति एल्वम ल्याउने कुरा प्रस्ट पारेकी छन् नेपालि संगीतको दुनियामा नौलो आयाम बनेर उदाएकी स्मृति सम्पूर्ण स्रोताको मन जित्न सफल भएकी छन् उनको आगडिका एल्वम बाट प्रस्ट हुन आउछ

अब आगामी दिनमा पनि आफ्ना स्रोता लाइ न्याय दिन सक्ने खालको सांगीतिक एल्वम दिने बिस्वास दिएकी छन् /

Monday, March 21, 2016

बलीउड बाट हलीउडमा जाने तयारीमा रहेकी मोडल पाण्डे

बलीउड बाट हलीउडमा जाने तयारीमा रहेकी मोडल पाण्डे
बसुन्धरा काठमाडौँ  कि  नेपाली चेली मोडल अरुसा पाण्डे एउटी आशलाग्दी र उदाउँदो कलाकार हुन् । -
सानै उमेरदेखि मोडलिङ रुचाउने  मोडल अरुसा पाण्डे पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयो ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन्।







 मोडल अरुसा पाण्डे यतिबेला बलीउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् । अन्सु शर्माको स्वर रहेको गीतको कोरियोग्राफी र निर्देशन उरुसा पाण्डेकै रहेको छ भने अभिनय पनि  पाण्डे कै रहेको छ ।
हलीउड चलचित्र ‘द ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेको उनको भनाई छ ।
उनि आफै स्क्रिप्ट पनि लेखने गरे को बताउ छिन् र आफुले हलीउड को लागि इन्ग्लिश मा यस्ता स्क्रिप्ट पठाऊने गरे को र कति मा आफु सफल भयको उनि बताउ छिन्  र आफुलाई हलीउड बाट अफर पनि आयको  बताउ छिन् /






म आफ्नु नाम नेपाल मा मात्र होइन  बलीउड बाट हलीउड सम्म चिनाउने छु।
सफल ता मिलोस उनलाई हाम्रो सुभकामना......

Monday, January 4, 2016

नेपालि कांग्रेश नया नेत्रित्तोमा जादै

युवा नेता हिरामणि अधिकारीले नगर समितिको सभापति पदमा उमेद्वारी

चितवन,

         चितवनका युवा नेता हिरामणि अधिकारीले एक प्रेश सम्मेलन गरि आफु चितवनको नगर समितिको सभापति पदमा उमेद्वारी दिएको जानकारी गराउदै
यो उमेद्वारी कांग्रेसमा रहको एकलौटी पन र कांग्रेस भित्रका नराम्रा सिस्टम लाइ परिवर्तन गर्नका लागि आफुले जित्नु पर्ने दावी गरका छन् /
चितवनका सम्पूर्ण क्रियासिल युवा र परिवर्तनसिल ब्यक्तित्तो हरुको सहयोग र साथ् आफुले पाएको कुरा पनि जनाउनु भएको छ /
यस आगाडी टोल सुधार समन्यवय समितको सभापतिमा रहेर जिल्लाको,खानेपानी,फोहर, घर जग्गा कर घटाउने उनको ठुलो हातरहेको थियो सबैलाई यौटै सुत्रमा बाँधेर आगाडी लैजाने तेत्रित्तो उहाँमा रहिको पनि पाइन्छ /
अधिकांम्स चितवनका युवा र पुरानो सस्कार कांग्रेस भित्रको टिका प्रथा अन्त्य गर्नको लागि,लागि परेका अग्रज अनुज ले नै हिरामणि लाइ नगर कमिटिको सभापतिमा उठाएको पनि प्रेश सम्लेलानमा जानकारी दिएका थिए /
उहाँ जस्ता क्रियासिल गाउँ,क्षेत्र ,नगर जिल्ला र देशैभरको बिकास त् विस्तारका लागि रास्ट्रियता,लोकतन्त्र र समाजवादको घेरा भित्र रही आगाडी बढेका युवा नेता हिरामणि अधिकारी लाइ सम्मान गर्दै उहाँको बिजयाकालागी सुभकामना दिन चाहन्छौ ,/

Monday, December 14, 2015

नब गायक रोहन जंग कार्कीको आधुनिक गीति संग्रह संजोक एल्बम सार्बजनिक







संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह सार्बजनिक गरियको छ आइतबार एक कार्यक्रमको आयोजना गरि संग्रहको बिमोचन गरियको हो उच्च माध्यमिक बिधालय संघ (हिसान) कास्कीका अदय्क्षा बाबुराम पन्तले संग्रह सार्बजनिक गरे संग्रहमा सुर्य खड्का बिखर्ची , सर्स्वोती श्रेष्ठ 'सरु' पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्या दुवार रचित गित समाबेश गरियको ठुलुन्गले जानकारी दिय/


संजोक्ले म पनि त् जादैछु म घुम्दै जादा कहिले आउ बोलका गीति संग्रहमा समाबेश गरियको छ उक्त गीतहरुमा कलाकार रोहण जंग कार्की उमेश राई संजु लिम्बु पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइको स्वर छ I

Friday, September 4, 2015

डा.गोबिन्द के सि बाँच्न ज़रूरी छ

डा.गोबिन्द के सि बाँच्न ज़रूरी छ

     पछिल्लो समयमा डा.गोबिन्द के सि आफनो शारिरिक अवस्था कमजोर पारेरै भएपनि जनताको नजरमा गान्धि बनेका छन् भने अर्को तिर मेडिकल शिक्षालाइ कालो ब्यापार गर्ने मेडिकल ब्यापारिको घाँटीको हड्डी बनेका छन्

सरकार यतिबेला अन्योलमा छ डा.गोबिन्द के सि का माग पुरा गरे निजि मेडिकल ब्यापार बन्द हुने बन्द हुदा सरकार भित्रैका केहि नेता कर्मचारिको पनि पकेट सुक्ने

यदि माग पुरा नगरे देशका माफिया बिरूद्ध उत्रेका लाखौ चिकित्सक मेडिकल बिध्यार्थि चुपलागेर नबस्ने

सरकार कालो मेडिकल शैक्षिक ब्यापार गर्नेतिर लागोस कि डा.गोबिन्द के सि को पक्षमा लागोस् यो देहोरीको नतीजा के आउला हामि अन्दाज गरेर बस्नु शिवाय केहि छैन ।

बास्तवमा डा. गोबिन्द के सि ले जुन लडाई लडेका छन् त्यो बिल्कुल गलत हो भनेर भन्न सकिदैन मेडिकल शिक्षा जस्तो कुरामा खेलवाड गर्ने काला मेडिकल ब्यापारिसँगको यो लडाई आज गोबिन्द केसि लाइ रातारात साथ दिदै हजारौ जनता सडकमा उर्लेका छन् /

मान्छेको प्राण दिने जस्तो शिक्षालाइ आज सरकारले नाड•्लो बजार जस्तो गल्लि गल्लिमा खोल्ने अनुमति दिदैछ तिनै ब्यापारि हरूलाइ सघाउदै बिरामि मार्ने कारखानाको जलमल गर्दैछ ।

पैसा,पावर,र राजनितिकै भरमा मेडिकल कलेज खोलेर हजारौ बिध्यार्थि लाई गुणस्तरिय क्षिक्षा बाट बन्चित गराउदै पनि छन् मेडिकल ब्यापारि हरू । आजभोलि गाउँ गाउँमा खुलेका सामान्य निजि बिध्यालयका भन्दा पनि न्युन साधन स्रोत मै मेडिकल कलेजहरू संचालनमा छन् त कहि फ्याकल्टी पुग्दैनन् कहि भौतिक पुर्वाधार पर्याप्त छैनन् अनि अस्पतालका बेडहरू रित्तै छन् त्यस्ता कलेज खुलेर एउटा पढ्न चाहने जेहेन्दार बिध्यार्थिको भबिष्यमाथि खेलवाड गरेको छ तर त्यसको परिणाम भोलि बिरामिमा स्वतह पर्न जान्छ ।

छिमेकि कलेज र छिमेकि देशबाट भाडामा फ्याकल्टी मगाएर अनि भाडामा बिरामि मगाएर देखाएकै भरमा काउन्सिलले आफ्नो बैंक खाता भरेर स्विकृत पनि दिएको सुचना नआएका पनि होइनन् ।

कमजोरि सरकारकै हो ।

डा. गोबिन्द केसि पनि नया मेडिकल कलेज खोल्न नदिएर गुणस्तरिय बढ्ने कुरा गर्दैछन् नया मेडिकल कलेजले सरकारका हरेक हरेक नियम र काउन्सिलको मापदण्ड भित्र रहेर साधन स्रोत भौतिक पुर्वाधारहरू पुरा गर्न सकेको खन्डमा नया कलेज खोल्न पाउनु पनि पर्छ खोलेर पनि चिट चोराएकै भरमा कतिपय मेडिकल कलेजहरू आजसम्म पनि चलेकै छन् त कतिपय धरासायिमा छन् कति त बन्द पनि भएका छन् शिक्षाको गुणस्तरिय मेडिकल कलेजले संम्बन्धन पाउनु र नपाउनुमा मात्रै भरपर्दैन संचालित मेडिकल कलेजका बार्षिक नतीजा पनि हेर्न जरूरि छ नतीजा कम आउनुमा कलेजको हात वा स्वयम बिध्यार्थि कै हात छ यो जान्न पनि जरूरि छ ।



आजभोलि भर्ना भएकै भरमा पास भइन्छ भन्ने मेडिकल चिकिल्सक बिध्यार्थिको रहेको छ किनकि मेडिकल कलेजको ब्यबस्थापन पक्ष कमजोर भएकाले पनि हुनसक्छ कतिपय कलेजमा शिक्षक र अभिभावक स्वयम चिट चोराउन संग्लन रहेको खबर पनि सुन्नमा पाइन्छ

भर्खर्कै उदाहरण पनि यहि छ जनकपुरमा परिक्षा लिनै नसक्ने संभावना भएका कारण चितवन अवस्थित चितवन मेडिकल कलेज कैलाशनगरमा उक्त जानकि मेडिकल कलेजको परिक्षा केन्द्र राखिएको थियो टि यु अन्तरगतका कलेज मध्य सि यम सि मात्र राम्रो र कडा भएर भएन सि यम सि जस्तै देशैभरिका कलेजका परिक्षा केन्द्र गुणस्तरिय चिकिल्सक उत्पादन गर्नका निम्ति कडा र निस्पक्ष रहन जरूरि छ ।

गुणस्तरिय क्षिक्षाका लागि नया मेडिकल कलेज लाइ संम्बन्धन दिन हुदैन भनेर लड्दै आएका डा.गोबिन्द केसि होला यो लडाईमा कत्तिको सफलता पाउनेछन् तर संम्बधन प्राप्त गरि संचालनमा रहेका मेडिकल कलेज नै गुणस्तरिय छन् छैनन् भन्ने कुरामा कस्ले चासो दिने ?

देश यतिबेला जातिय द्वन्द र राजनैतिक द्वन्दमा गुज्रिएको अवस्था छ यस्तो बेलामा धमिलो पानिमा माछा मार्नपनि तम्सिएका केहि काला मेडिकल ब्यापारिहरू चोरिको बाटो हुदा संम्बन्धन लिएका छन् केहि लिने दाउमा छन् त केहि संचालनमा रहेका पुराना मेडिकल कलेज १५० सिट लिन धाएका छन् यि सबै यावत कुरालाइ बन्देज लगाएर सरकारले एउटा ठोस,उचित निर्णय लिन नसक्नु नै सरकारकै कमजोरि र दुर्भाग्य हो /

संचालनमा रहेका मेडिकल कलेजको पनि बिध्यार्थि सिट काट्दा त्यो कलेजको पनि क्षति त होला करौडौको लगानिमा खोलिएका मेडिकल कलेज धरासायिमा जानुपनि देशको राजश्वमा पनि कमि आउन सक्छभने उता नया मेडिकल कलेजलाइ पनि संम्बन्धन दिनु छ यस्तो अवस्थामा गुणस्तरिय शिक्षाको लागि हो भने संचालनमा रहेका मेडिकल कलेजको केहि बिध्यार्थि सिट घटाएर मापदण्डमा रहेका मेडिकल कलेजलाइ केहि सिट दिदा दुबैतिर पढाइ पनि राम्रो हुने असन्तुष्ट पक्षलाइ पनि केहि राहात मिल्ने थियो

एउटा कक्षामा १५० जना बिध्यार्थि लाइ कोचेर पढाउनु भन्दा दुइवटा सेक्सनमा चलाउदा बिध्यार्थि को पढाइमा थोरै गुणस्तर बढ्ने छ

यदि पुराना संचालित मेडिकल कलेजमा सिट नघटाउने हो भने एउटा कक्षामा १५० जना बिध्यार्थि राखेर पढाउदा के गुणस्तर बढ्ला ?



मेडिकल क्षिक्षा क्षेत्रको गुणस्तरको लागि डा. गोबिन्द केसि ले लडेको लडाई थोरैलाइ बेठिक लागेता पनि थोरैका लागि उत्तमनै लागेको छ मेडिकल क्षिक्षामा बिकृति ब्यापार,राजनैतिक दवाब र पैसाको चलखेल बढेपछि यस्तो कार्य रोक्न र देशमा सक्षम डाक्टर उत्पादन गर्नका निम्ति ज्यानको बाजी राखेर लडेकाछन् देशको लागि हजारौ गोबिन्द केसि जन्मनु पर्छ देशमा रहेको कालो बजारि,भ्रष्ट्रचार,अनियमितता र बिक्रिति बिसंगतिको जालो च्यात्नु पर्छ नेपालको सन्दर्भमा मेडिकल क्षिक्षामा मात्र होइन हरेक क्षेत्र संघ संस्था ,ब्यापार,कार्यलय जुनसुकै ठाउमा पनि भ्रष्ट ब्यक्तिको हाबि रहेको छ गरिब जनताको खुन चुसेर सत्तामा बस्नेहरूकै चलखेलले गर्दा आज मुल नै धमिलो बनेको छ

आज डा. गोबिन्द केसि ले मेडिकल क्षेत्रको कालो ब्यापार र गुणस्तरको लागि जुन लडेका छन् सोहि अनुरूप अन्य क्षेत्रको लागि पनि लड्ने मान्छेको खाँचो छ देशमा

स्वास्थ्य क्षिक्षामा भएको लुट राजनैतिक गन्ध लाइ तत्काल बन्द गरि भ्रष्टचार लुट कालोब्यापार को अन्य गर्नको लागि डा. गोबिन्द केसि बाँच्नु जरूरि छ ।

अनियमित ढंगले मेडिकल कलेजलाइ संबोधन दिनु हुदैन भौतिक पुर्वाधारले थेग्न नसक्ने बिध्यार्थि सिट स्विकृत दिनु हुदैन मेडिकल काउन्सिलको लापरवाही र सरकारको मनपरि तन्त्रलाइ रोक्नको लागि संम्पुण सर्बसाधारणले पनि डा. गोबिन्द केसि को कार्यलाइ सहयोग गर्न जरूरि देखिन्छ /



रामकृष्ण पौडेल अनायास
भरतपुर १३ चितवन