Tuesday, February 7, 2017

पढाई संग -संगै मोडलिङ गर्दै मोडल सबनम चौधरी



सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल सबनम पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् ।सबनम पढाई संगै मोडलिङ लाई पनि अगाडी बढाउने सोचमा छिन् ।






















रौतहट मा जन्मिएकी मोडल सबनम चौधरी मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन् ।
काठमाडौंमा बसेर पढाई संगै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु बाबा को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’ उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् ।
भबिष्यमा एक सफल मोडलको रुपमा सुनिता लाई देख्नन पाउ हाम्रो सुभकामना

ब्वाइफ्रेण्ड’को विशेष शो गर्न लक्की मिडिया र निर्माता खनालबीच समझदारी..

फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘ब्वाईफ्रेण्ड’ देखाउने तयारीमा चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवन लागेको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो र च्यारीटी शो गर्दै आएको छ । आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुराना नेपाली चलचित्र देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ‘ब्वाईफ्रेण्ड’ को बिशेष शो हुने भएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की" ले जानकारी दिनुभयो ।लायन खनाल निर्माता रहेको चलचित्र ब्वाईफ्रेण्डको अहिले डबिङ कार्य धमाधम भैरहेको छ । अन्य चलचित्रको तुलनामा चलचित्र ‘ब्वाइफ्रेण्ड’ युवा पिंढीहरुमा लोकप्रिय बन्ने र यसले युवा पिंढीको वर्तमान अवस्थालाई उजागर गर्ने कथाबस्तु समेटिएकाले डबिङ कार्य जारी रहेकै समयमा विशेष शो गर्ने निर्णय लिइएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष कार्कीले बताउनुभयो । उहाका अनुसार निर्माता लायन खनाल र लक्की मिडिया हाउसका अध्यक्ष कार्कीबीच विशेष शो गर्ने विषयमा समझदारी समेत भैसकेको छ । युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरीप्रति जिम्मेवारी वहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रमा समेटिएको छ । ब्वाईफ्रेण्ड चलचित्र चेतनामूलक भएपनि यसलाई कर्मसियल शैलिमा प्रस्तुत गरिने निर्माता खनालले बताउनुभयो । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहेको छ ।मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।

Sunday, November 20, 2016

" नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।

मोहन रेग्मी सर,
हुन त हजुरको बारेमा म ब्यतिगत रुपमा त्यति जानकार छैन।केहिदिन यता सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा आइरहेको खबरहरु ......र कान्तिपुर टि भि को निकै चर्चित कार्यक्रम "सुमन संग" अन्तर्वार्ता मा हजुरको श्रीमती संग पत्रकार "सुमन खरेल" संग गरिएको कुराकानिको आधारमा केही लेख्न बाध्य भए । हाम्रो समाजमा " नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।कहि कतै हजुर पनि कंचन रेग्मी बाट पिडित हुनुभयो होला उहाका नराम्रा बानी र नराम्रा शब्दहरुले हजुरको मुटुलाइ पनि अस्थिर पारिदिए होला।हजुर को मान , इज्जत , प्रतिस्ठालाई धमिलाइ दियो होला।हजुरको ह्र्दयलाइ छिया छिया परिदियो होला।हजुरले आफुलाइ समाल्नै गाह्रो भो होला।तर.....त्यस्को बिकल्प एउटा महिलालाइ सडकमै छाडिदिनु,उस्को जिम्मेवारी नउठाइ टाढा भाग्नु,उस्को जिन्दगी लाई एक्लो बनाइदिनु मात्र थिएन होला नि???उहाको उपचार हुन सक्थो ।उहालाइ दुव्र्यसन बाट छुटाउने प्रयास हजुरबाट हुन सक्थो।त्यस्मा हजुरको पहुच पनि थियो।उहाँ संगै बस्न सकिने बाताबरण थिएन भने उहालाइ छुट्टै ठाउमा राख्ने ब्यवस्थापन गर्न सकिन्थो नि।सामाजिक संजालहरुमा यो खबर पनि आइ रहेको छ कि।कन्चन संग हजुरको छोडपत्र भैसकेको हो।र कंचनले आफ्नो अधिकार पनि पाइसकेकी हुन।सर हजुरलाइ एउटा प्रश्न छ सम्मानित अदालत ले हजुरको वैवाहित सम्बन्धलाइ बिच्छेद गरायो।तर सन्तान संगको आमाको सम्बन्ध लाई कुनैपनी देशको कानुन र अदालत ले बिच्छेद गराउन सक्दैन।एउटा आमालाइ आफ्ना सन्तानहरु बाट टाढा राख्ने भुल हजुर बाट भएकै हो।कमलको फुल हिलोमै फुलेको हुन्छ।हजुरका ती दुई सन्तानपनी तिनै हिलोमा फुलेको कमलको फुल हुन् ।कमललाइ अपनाउनेले हिलोलाइ यसरी बहिष्कार गर्न मिल्ला र सर???आमा जस्ती नै हुन आमा त आमा नै हुन्छन् ।आफ्नो सन्तान हरु आफ्नो मुटुबाट टाढा हुदा कुन आमाको मुटुको तार नचुडिएला र सर????हुन त सबै आमाहरुलाइ एउटै तराजुमा राखेर मुल्यांकन गर्न नमिल्ला तर आमाको ममता लाई त कुनै शब्द मुल्यांकन गर्न सर??? म एकछिन अन्तर्वार्ता तिर फर्किए।म पनि एउटा सर्जक हु।कंचन शर्माले आदरणीय रबि प्रान्जल दाजुको गजल लाई आफ्नो भनेर बाचन गरिरहदा मेरो मुटु चस्स दुखिरहेको थियो।अनि उहाले यो रचना बाचन अगि गरेको पीडा र दु:खको कुरालाइ निकै हल्का बनाइदियो।अरुको रचना लाई आफुले कोरेको भनेर बाचन गर्न ले जस्तो पनि कथा बुन्न सक्छ। :मेरो मनमा यो पर्न गयो।तर अन्तिम मा पत्रकार ले श्रीमान र छोराहरुलाइ के भन्नुहुन्छ ???भन्ने प्रश्न गर्दा , उहाको आखाबाट ओरालो लागेका आशुले फेरि एकपटक सोच्न बाध्य तुल्याएको थियो।यहानिर आदरणीय पत्रकार दाजुलाइ पनि एउटा अनुरोध यो छ कि ब्यती र विषय बस्तुको बारेमा गहन अध्यन नगरी कार्यक्रम सम्प्रेषण गर्न हतारीनु गल्ति त भएको हैन??? दीक्षा चापागाईं दिदी जस्ले कंचनलाई फोहरको थुप्रो बाट उठाएर साहारा दिनु भो नया जिन्दगी दिनु भो ।सर्बप्रथम त म नमन गर्न चाहान्नु उहाको त्यो कार्यलाइ।तर दिदि के हजुर को कुनै दाहित्वो थिएन?? कंचनको पृष्ठभुमि बुझेर तत्थ सत्य कुरालाइ मात्र मिडिया सम्म पुर्याउनु।मैले हजुर लाई त्यसैदिन फोन गरेर कंचन शर्मा को बारेमा बुझेको थिए ।उहाँ संग धेरै सिर्जनाहरु रहेको कुरा जानकारी गराउनु भएको थियो।र मैले हजुर लाई उहाको बारेमा के सोच्नु भएको छ ?? न्यान दिलाउने बारेमा भनेर सोध्धा सोच बनाउदै छु भन्नु भएको थियो।र मैले म पनि छु हजुर बाट पहल गरिनुपर्यो भनेको थिए।दिदी जति मिडिया र संचार माध्यम मा आए त्यस्मा कति सचाइ छ भन्ने कुरा हजुर लाई मात्र थाहा छ ।र हजुर को कर्तव्य पनि हो कि सत्य के हो सबै सामु पुर्याउनु ।मोहन सर हजुर गलत हुनु भो या गलत हुनुहुन्छ भन्ने अधिकार म संग छ छैन थाहा छैन।तर मैले कंचन शर्मा दूध ले नुहाएकी भन्न खोजेको पनि हैन ।एउटा घर बिग्रीनुमा जति हात महिलाको हुन्छ त्यतिनै पुरुष को पनि हुन्छ।अहिले पछिल्लो समय यहि कंचन शर्मा को विषयलाई लिएर हजुरलाइ समाजिक संजाल मा निकै सक्रिय पनि देखे ।यदि हजुर लाई आफू पीडित छु ।आफुमाथी पनि अन्याय भए जस्तो लाग्छ भने हजुरले पनि आफ्नोलागी लड्न सक्नु हुन्छ ।तर यो अब हजुरको घरको मात्र कुरा रहेन एउटा साझा विषय बनिसकेको छ ।त्यसैले हजुरले पनि मिडियामा सत्य तत्थ बोलिदिए हामी आभारी हुने थियौ।यदि उहाको आँसु र पिडाको ब्यापार गर्नकै लागि मात्र यसो गरिएको हो भने त्यो पनि पर्दाफास हुनु जरुरी छ।नारी भन्ने यति सवेदनशिल शब्द लाई यसरी प्रयोग गर्न कुनै मिडिया वा संघ सस्था लाई अधिकार छैन।अन्तिम मा हजुर लाई एउटा अनुरोध गर्न चाहान्छु यस्लाइ अझै ठूलो नबनाइयोस ।यो तपाईं बाट मात्र संम्भब देख्छु म।बाकी हजुर आफै जानकार हुनुहुन्छ।धन्यवाद ।।


-नयन अधिकारी
चावाहिल

Sunday, October 2, 2016

दशैँ,तिहारमा गुनासो मेटाउदै ''मौनता''

नेपालि अनलाइन दैनिक/चितवन
          पछिल्लो समयमा हाम्रो देशमा पनि नेपालि साहित्यका पाठकहरु निकै नै बढेका छन्, त्यसो त पुस्तक पढ्नु पनि राम्रो नै मानिन्छ त्यो भन्दा पनि एउटा लेखकको कला र मेहनतको कदर पनि हुने साहित्यको बिकास र उत्थान पनि हुने त्यसैले आउदै गरेको दशैं, तिहार लाइ मध्येनजर गर्दै आफ्नो मान्छे लाइ एक अर्कामा उपहार दिने चलनमा हाम्रा नेपालि लेखक हरुको एउटा अनुरोध पनि छ उपहारमा पुस्तक दिने चलन चलायौ भने हामीमा पढ्ने बानिको बिकाश पनि हुने र लेखकलाई प्रेरणा मिल्नु को साथै नेपालि साहित्यले एउटा फड्को मर्नेछ / पछिल्ला समयमा धेरै पुस्तक प्रकासित भएका पनि छन् व्यापारका नाममा प्रकासक ले पाठक लाइ ठुलो भ्रममा पनि नपारेका होइनन् पुस्तकको प्रचार,र युवतीका सुन्दर तस्बिर ले सजाएको कवर फोटो राखेर बजारमा आएका त्यस्ता पुस्तक बाट कसरि बच्ने र केहि मात्रामा भएपनि पाठकलाइ केहि न केहि म्यासेज दिने रोचक पुस्तक कसरि छान्ने भन्ने दुविधामा पाठक रहेको गुनासो पाठकबाटै धेरै आउने गर्छ त्यसैले पुस्तक किन्दा बिचार पुर्वक प्रतिक्रिया लिएर मात्र पुस्तक किन्न सुझाव दिन्छन ,पाठकले पुस्तक कसरि छान्ने भन्ने कुराको हामीले सुझाव लिने क्रममा हामीले चितवनका चर्चित कवि उपन्यासकार सुमन घिमिरे ज्यु संग सोधेका थियौ भर्खरै बजारमा आएर निकै चर्चामा रहेको उत्कृष्ट ''मौनता ''आख्यानका उहाँ आख्यानकार हुनु हुन्छ /
                                                                                                                                                                                          नेपालि अनलाइन दैनिक


Thursday, June 16, 2016

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह लाई उपचारका लागि अस्पताल लगिएको


२ असार, काठमाडौं । 
पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । ८८ वर्षीया शाहलाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले नेपाली अनलाइनखबरलाई जानकारी दिए ।
उनी तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । रत्न नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।
गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि सरकारले त्यहिँ भित्रै बस्ने व्यवस्था मिलाइदिएको थियो ।
२०७३ असार २ गते १२:२४ मा प्रकाशित#रत्न शाह

Wednesday, June 15, 2016

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने, यसरी हेर्नुस् रिजल्ट

कसरी हेर्ने रिजल्ट ? 

एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।

यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।

Saturday, June 11, 2016

मुम्बईमा दुई जना नेपाली को हत्या

खेम राज खनाल 
जेठ 21गते शुकबार ,राजु सुनार बर्ष27का र मदन सुनार बर्ष30को राजु सुनाको परिवार साथमा र 2बर्ष कि सानी छोरी पनि साथमा भएको स्वदेश 2वटै जनाको घर कैलाली चुहालम्की नगरपालीका चौरी घर भएका उनी हिजो राती दुईटै जनाले खाना संगै खाइ राजुले मदन लाई घरमा छोड्न जाने क्रममा करिपन 2 बजे तिर यरियाका लुख्खाले आक्रमण गरि हत्या गरेका छन एकजनाको लिंग समेत काटेर फालेको छ।अनि दोषीहरूलाई लाई पुलीसले समाती सकेकोछ।।अब तपाईं हामी ले गर्नुपर्ने काम आज दिउँसो दुई बजे दाहासस्कार गर्ने भनिएको छ तपाईं हामी ले समय मिलाएर अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ किन कि नेपालीहरु माथि यत्रो बेहत तरिकाले हत्या गरेर पनि कामगर्ने सोसायटी वला अहिलेसम्म पनि वास्तै गरेको छैनन त्यसैले तपाईं हामीले आज वास्तबमै नेपाली को पहिचान हाम्रो सान देखाउनु पर्नेछ जति सकिन्छ धेरै भन्दा धेरै हामी नेपाली उपस्थिति हुनु पर्नेछ । भन्नेकुरा निर्णय भएकोले समय मिलाएर उपस्थित हुन हार्दिक अनुरोद गर्दछु।विभिन्न संघ संगठनका प्रतिनिधि हरु पनि उपस्थित भयर दोषी हरुलाई कडा भन्दा कडा कार्वाही को जोडदार माग गर्नदछौ यॅ समचार पठाऊने प्रेम ढुंगाना प्रवासी नेपाली संघ भारत महाराष्ट्र गुजरात सयुक्त राज्य समिति प्रबक्ता ।