Wednesday, February 22, 2017

राती नांगै सुत्नुका फाइदा कती ? जानी राखाै



सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :

१. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

२. नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।

३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।

४. यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।

६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् ।

७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको चिन्ता नगर्नुहोस् ।

८. नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । त्यसैले नाङगै सुत्दा कस्तो हुँदोरहेछ भनेर आजै अनुभव लिइहाल्नोस् ।

Tuesday, February 21, 2017

रसियन मोडल विकी सेल्फी खिच्नकाभवनमा झुन्डिइन



एक सुन्दर युवती जब ज्यानको बाजी थापेर गगनचुम्बी भवनमा झुन्डिइन्, सबै चकित भए । एक सेल्फी लिनका लागि उनले गरेको यो हर्कत अहिले इन्टरनेटमा भाइरल भएको छ ।

रसियन मोडल तथा इन्टागाम क्विन विकी ओडिंटकोवा जुन भवनमा झन्डिएकी थिइन्, त्यो जमिनबाट १ हजार ४ फिट अग्लो थियो । २३ बर्षिय विकी दुबईको सायन टावरमा झुन्डिएकी हुन् । यो संसारकै अग्लो भवनमध्ये एक हो ।

फिल्म निर्देशक एलेक्जेन्डर तिखोमिरोवको हातको भरमा उनले यस्तो जोखिम मोलेकी हुन् । उनले आफु झुन्डिएको फोटो सोसल मिडयामा सेयर गरेपछि त्यसको तिव्र प्रशंसासँगै आलोचना पनि भयो । यि इन्टाग्राम क्विनको ३२ लाख बढी फलोअर्स छन् ।

Monday, February 20, 2017

सुजन अधिकारीको “तिमी मेरो भ्यालेन्टाइन हुनु” बजारमा



“सायद तिमीलाई आफ्नो सोच्नु
यो मनले तिमीलाई रोज्नु
तिमी मेरो भ्यालेन्टाइन हुनु
तिमी मेरो भ्यालेन्टाइन हुनु……!


भ्यालेन्टाईन डेको अबसर पारेर माया प्रेमका धेरै गीतहरु सार्वजनिक गरिएको छ ।संगीतकार रेखा पौडेलको संगीत र स्वरमा “तिमी मेरो भ्यालेन्टाइन हुनु’ बोलको नया गीतको अडियो सार्वजनिक गरिएको छ ।


गीतमा रेखा सगै धिरज भन्डारीको स्वर रहेको छ ।गीतलाई युवा गजलकार सुजन अधिकारी “अनिमेष”ले लेखेका हुन् ।गीतको भिडियो केहि दिनमा सार्वजनिक हुने गीतकार “अनिमेष”ले जानकारी दिनु भयो ।

song - https://www.youtube.com/watch?v=AFsr3khG6-k

Thursday, February 9, 2017

U.K.बाट मोडलिङ मा आफ्नु छुट्टै पहिचान बनाऊदै नेपाली चेली अनिता लिम्बु








तापलेजुङ्ग मा जन्मियर  नेपाली कलाकरिता मा हुमियकी अनिता लिम्बु हाल U.K .मा बसेर आफ्नु मोडलिङ करियर लाईअगाडी बडाउदै छिन/ U.K बाट नै उनले अफ्रिकन सिंगर Lamont chitepo.को इनलिस गित मा समेत मिउजिक भिडीयो मा अभिनय गरीसकेकी छिन्/






सानै उमेरदेखि मोडलिङ रुचाउने अनिता लिम्बु पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयो ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् । अनिता लिम्बु को मोडलिङप्रतिको धारणा भने फरक रहेको छ । उनका अनुसार मोडलिङ गरेर आउने कलाकारका लागि चलचित्रमा सजिलो हुने हुन्छ । मोडलिङ गर्दा नै क्यामेरा फेस गरिसकेकाले चलचित्रमा अभिनय गर्न मोडललाई सजिलो हुने अनिता लिम्बु को धारणा छ ।



U.K . मा उनले धेरै रनउय जित्न सफल भयकि छिन{oxford fashion week ko 10 season,uk ko birmingham rule the runway;uk ko swindon ma bhako sundari pratiyogita ma talent round ra charity round winner and runner up,kaira runway ,5 ma runway model }

Tuesday, February 7, 2017

पढाई संग -संगै मोडलिङ गर्दै मोडल सबनम चौधरी



सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल सबनम पूर्ण रूपले मोड्लिङ गर्न थालेको धेरै वर्ष भयको छैन ।स्कुल अध्ययनकै क्रममा अभिनयसँगै नृत्य पनि सिकेकाले आफूलाई मोडलिङमा जम्न सजिलो भएको उनले बताइन् ।सबनम पढाई संगै मोडलिङ लाई पनि अगाडी बढाउने सोचमा छिन् ।






















रौतहट मा जन्मिएकी मोडल सबनम चौधरी मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन् ।
काठमाडौंमा बसेर पढाई संगै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु बाबा को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।’ उनले भनिन् – ‘राम्रो अबशर पाय चाडै म्युजिक भिडियो गर्ने सोचमा आफु रहेको बताउछिन् ।
भबिष्यमा एक सफल मोडलको रुपमा सुनिता लाई देख्नन पाउ हाम्रो सुभकामना

ब्वाइफ्रेण्ड’को विशेष शो गर्न लक्की मिडिया र निर्माता खनालबीच समझदारी..

फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘ब्वाईफ्रेण्ड’ देखाउने तयारीमा चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवन लागेको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो र च्यारीटी शो गर्दै आएको छ । आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुराना नेपाली चलचित्र देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ‘ब्वाईफ्रेण्ड’ को बिशेष शो हुने भएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की" ले जानकारी दिनुभयो ।लायन खनाल निर्माता रहेको चलचित्र ब्वाईफ्रेण्डको अहिले डबिङ कार्य धमाधम भैरहेको छ । अन्य चलचित्रको तुलनामा चलचित्र ‘ब्वाइफ्रेण्ड’ युवा पिंढीहरुमा लोकप्रिय बन्ने र यसले युवा पिंढीको वर्तमान अवस्थालाई उजागर गर्ने कथाबस्तु समेटिएकाले डबिङ कार्य जारी रहेकै समयमा विशेष शो गर्ने निर्णय लिइएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष कार्कीले बताउनुभयो । उहाका अनुसार निर्माता लायन खनाल र लक्की मिडिया हाउसका अध्यक्ष कार्कीबीच विशेष शो गर्ने विषयमा समझदारी समेत भैसकेको छ । युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरीप्रति जिम्मेवारी वहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रमा समेटिएको छ । ब्वाईफ्रेण्ड चलचित्र चेतनामूलक भएपनि यसलाई कर्मसियल शैलिमा प्रस्तुत गरिने निर्माता खनालले बताउनुभयो । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहेको छ ।मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।

Sunday, November 20, 2016

" नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।

मोहन रेग्मी सर,
हुन त हजुरको बारेमा म ब्यतिगत रुपमा त्यति जानकार छैन।केहिदिन यता सामाजिक संजाल तथा नेपाली मिडियाहरुमा आइरहेको खबरहरु ......र कान्तिपुर टि भि को निकै चर्चित कार्यक्रम "सुमन संग" अन्तर्वार्ता मा हजुरको श्रीमती संग पत्रकार "सुमन खरेल" संग गरिएको कुराकानिको आधारमा केही लेख्न बाध्य भए । हाम्रो समाजमा " नारी" मात्र पीडित छे वा पिडित हुन्छे भन्नू सरासर गलत हो।कहि कतै हजुर पनि कंचन रेग्मी बाट पिडित हुनुभयो होला उहाका नराम्रा बानी र नराम्रा शब्दहरुले हजुरको मुटुलाइ पनि अस्थिर पारिदिए होला।हजुर को मान , इज्जत , प्रतिस्ठालाई धमिलाइ दियो होला।हजुरको ह्र्दयलाइ छिया छिया परिदियो होला।हजुरले आफुलाइ समाल्नै गाह्रो भो होला।तर.....त्यस्को बिकल्प एउटा महिलालाइ सडकमै छाडिदिनु,उस्को जिम्मेवारी नउठाइ टाढा भाग्नु,उस्को जिन्दगी लाई एक्लो बनाइदिनु मात्र थिएन होला नि???उहाको उपचार हुन सक्थो ।उहालाइ दुव्र्यसन बाट छुटाउने प्रयास हजुरबाट हुन सक्थो।त्यस्मा हजुरको पहुच पनि थियो।उहाँ संगै बस्न सकिने बाताबरण थिएन भने उहालाइ छुट्टै ठाउमा राख्ने ब्यवस्थापन गर्न सकिन्थो नि।सामाजिक संजालहरुमा यो खबर पनि आइ रहेको छ कि।कन्चन संग हजुरको छोडपत्र भैसकेको हो।र कंचनले आफ्नो अधिकार पनि पाइसकेकी हुन।सर हजुरलाइ एउटा प्रश्न छ सम्मानित अदालत ले हजुरको वैवाहित सम्बन्धलाइ बिच्छेद गरायो।तर सन्तान संगको आमाको सम्बन्ध लाई कुनैपनी देशको कानुन र अदालत ले बिच्छेद गराउन सक्दैन।एउटा आमालाइ आफ्ना सन्तानहरु बाट टाढा राख्ने भुल हजुर बाट भएकै हो।कमलको फुल हिलोमै फुलेको हुन्छ।हजुरका ती दुई सन्तानपनी तिनै हिलोमा फुलेको कमलको फुल हुन् ।कमललाइ अपनाउनेले हिलोलाइ यसरी बहिष्कार गर्न मिल्ला र सर???आमा जस्ती नै हुन आमा त आमा नै हुन्छन् ।आफ्नो सन्तान हरु आफ्नो मुटुबाट टाढा हुदा कुन आमाको मुटुको तार नचुडिएला र सर????हुन त सबै आमाहरुलाइ एउटै तराजुमा राखेर मुल्यांकन गर्न नमिल्ला तर आमाको ममता लाई त कुनै शब्द मुल्यांकन गर्न सर??? म एकछिन अन्तर्वार्ता तिर फर्किए।म पनि एउटा सर्जक हु।कंचन शर्माले आदरणीय रबि प्रान्जल दाजुको गजल लाई आफ्नो भनेर बाचन गरिरहदा मेरो मुटु चस्स दुखिरहेको थियो।अनि उहाले यो रचना बाचन अगि गरेको पीडा र दु:खको कुरालाइ निकै हल्का बनाइदियो।अरुको रचना लाई आफुले कोरेको भनेर बाचन गर्न ले जस्तो पनि कथा बुन्न सक्छ। :मेरो मनमा यो पर्न गयो।तर अन्तिम मा पत्रकार ले श्रीमान र छोराहरुलाइ के भन्नुहुन्छ ???भन्ने प्रश्न गर्दा , उहाको आखाबाट ओरालो लागेका आशुले फेरि एकपटक सोच्न बाध्य तुल्याएको थियो।यहानिर आदरणीय पत्रकार दाजुलाइ पनि एउटा अनुरोध यो छ कि ब्यती र विषय बस्तुको बारेमा गहन अध्यन नगरी कार्यक्रम सम्प्रेषण गर्न हतारीनु गल्ति त भएको हैन??? दीक्षा चापागाईं दिदी जस्ले कंचनलाई फोहरको थुप्रो बाट उठाएर साहारा दिनु भो नया जिन्दगी दिनु भो ।सर्बप्रथम त म नमन गर्न चाहान्नु उहाको त्यो कार्यलाइ।तर दिदि के हजुर को कुनै दाहित्वो थिएन?? कंचनको पृष्ठभुमि बुझेर तत्थ सत्य कुरालाइ मात्र मिडिया सम्म पुर्याउनु।मैले हजुर लाई त्यसैदिन फोन गरेर कंचन शर्मा को बारेमा बुझेको थिए ।उहाँ संग धेरै सिर्जनाहरु रहेको कुरा जानकारी गराउनु भएको थियो।र मैले हजुर लाई उहाको बारेमा के सोच्नु भएको छ ?? न्यान दिलाउने बारेमा भनेर सोध्धा सोच बनाउदै छु भन्नु भएको थियो।र मैले म पनि छु हजुर बाट पहल गरिनुपर्यो भनेको थिए।दिदी जति मिडिया र संचार माध्यम मा आए त्यस्मा कति सचाइ छ भन्ने कुरा हजुर लाई मात्र थाहा छ ।र हजुर को कर्तव्य पनि हो कि सत्य के हो सबै सामु पुर्याउनु ।मोहन सर हजुर गलत हुनु भो या गलत हुनुहुन्छ भन्ने अधिकार म संग छ छैन थाहा छैन।तर मैले कंचन शर्मा दूध ले नुहाएकी भन्न खोजेको पनि हैन ।एउटा घर बिग्रीनुमा जति हात महिलाको हुन्छ त्यतिनै पुरुष को पनि हुन्छ।अहिले पछिल्लो समय यहि कंचन शर्मा को विषयलाई लिएर हजुरलाइ समाजिक संजाल मा निकै सक्रिय पनि देखे ।यदि हजुर लाई आफू पीडित छु ।आफुमाथी पनि अन्याय भए जस्तो लाग्छ भने हजुरले पनि आफ्नोलागी लड्न सक्नु हुन्छ ।तर यो अब हजुरको घरको मात्र कुरा रहेन एउटा साझा विषय बनिसकेको छ ।त्यसैले हजुरले पनि मिडियामा सत्य तत्थ बोलिदिए हामी आभारी हुने थियौ।यदि उहाको आँसु र पिडाको ब्यापार गर्नकै लागि मात्र यसो गरिएको हो भने त्यो पनि पर्दाफास हुनु जरुरी छ।नारी भन्ने यति सवेदनशिल शब्द लाई यसरी प्रयोग गर्न कुनै मिडिया वा संघ सस्था लाई अधिकार छैन।अन्तिम मा हजुर लाई एउटा अनुरोध गर्न चाहान्छु यस्लाइ अझै ठूलो नबनाइयोस ।यो तपाईं बाट मात्र संम्भब देख्छु म।बाकी हजुर आफै जानकार हुनुहुन्छ।धन्यवाद ।।


-नयन अधिकारी
चावाहिल