Tuesday, September 23, 2014

नेफ्टा अवार्ड श्रीकृष्ण श्रेष्ठ प्रति समर्पित हुने



राजेश हमालले बाचन गर्नेछन् मार्मिक कविता




कार्तिक ३ गते हङकङमा हुने नेफ्टा अवार्ड श्रीकृष्ण श्रेष्ठ प्रति समर्पित हुने भएको छ ।

आज बसेको नेफ्टा बैठक अनुसार राष्ट्रिय गान सुरु भएसंगै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसंग सम्बन्धीत गीत संगीत विशेष रुपमा प्रस्तुत गरिने छ भने स्टेजमा राजेश हमालले मार्मिक कविता बाचन गरेर सुनाउनेछन् ।

हमालले बाचन गर्ने कवितालाई गीतकार बाबुराम दाहालले तयार गर्ने छन् । हमालले कविता बाचन गर्दा स्टेजका भित्ताहरुमा श्रीकृष्णका तस्बिरहरु कुदाईनेछ । यस्तै अवार्ड समारोहमा विभिन्न कलाकारहरुले उद्घोषण गर्ने छन् मुख्य उद्घोषक भएर अभिनेत्री ऋचा शर्मा र अभिनेता सन्दीप छेत्री देखिनेछन् ।

उक्त समारोहमा एक चर्चित अभिनेत्रीलाई विशिष्ट प्रकारको उपाधी समेत प्रदान गरिने नेफ्टाले निर्णय गरेको छ । यस अघि राजेश हमाललाई महानायक र नीर शाहलाई अभिनय शिरोमणीबाट नेफ्टाले सम्मान प्रदान गरिसकेको छ । सम्भावनालाई हेर्ने हो भने करिश्मा मानन्धर र गौरी मल्ल मध्ये एक अभिनेत्रीलाई नेफ्टाले यस पटक नयाँ विशेषणले सम्मान गर्न लागेको हो ।

हङकङ स्थित पाँच तारे होटल विपि ईन्टरन्याशनलमा हुने चार घण्टे कार्यक्रमका लागि श्रीकृष्ण श्रेष्ठका गुरु बसन्त श्रेष्ठले कोरियोग्राफीको मुख्य जिम्मबारी हेर्ने भएका छन् ।

यस्तै रेनशा राईले पनि नेफ्टा तयारीका लागि कोरियोग्राफीको पार्ट सम्हाल्नेछिन् । कार्यक्रमको लागि नृत्य प्रशिक्षणको तयारी आउँदो बिहिवार देखि मंगलवार सम्म गरिने छ भने दशैको टिका लगत्तै २१ गते देखि पुनः हङकङ प्रस्थान गर्ने मिति सम्म कलाकारहरु प्रशिक्षणमा रहनेछन् ।

अवार्ड चलिरहदा निर्देशक सुर्दशन थापालाई पनि स्टेजमा पहिलो पटक नाचिरहेको देख्न पाईनेछ । निर्देशन संगै फिल्म अभिनयमा देखिन थालेका थापाको उक्त स्टेज प्रस्तुती करिअरकै पहिलो प्रस्तुती हुने छ ।

सातौँ संस्करणको नेफ्टा अवार्डको अनुमानित बजेट २ करोड प्लस भनिएको छ । नेफ्टासंग सहकार्य गर्दै निर्माता सुनील कुमार थापाको कम्पनी एस.के. थापा प्रोडक्सन र हङकङ स्थित विनय शाहको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले यस पटक हङकङमा बृहत शैलीमा अवार्ड गर्न लागेको हो ।





अवार्ड हुने फाईभ स्टार होटल विपि ईन्टरन्याश्नल



कार्यक्रम हल




No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत