Saturday, September 27, 2014

आँखा पाक्ने रोगले विकराल रुप लिँदै




आँखा पाक्ने रोग प्रतीकुल मौसमका कारण बर्दियामा आँखा पाक्ने रोगको सङक्रमण देखा परेको छ । संक्रमण देखा परेसंगै आखाँ शिबगंगा उपचार केन्द्र गुलरिया र सानोश्री उपचार केन्द्र मा दैनिक आखा जाचगर्न आउनेहरुको सङख्या दैनिक रुपमा बढेको आखाँ केन्द्रले जानकारी दिएको छ ।

दैनिक रुपमा आखाँ उपचार दुबै केन्द्रमा २ सय ५० जना सम्म आखाँका बिरामीहरु आउने गरेको आखाँ उपचार ईन्चार्ज हरि के.सी ले जानकारी दिनुभयो । उहाँका अनुसार “वर्षायामको समयमा मौसम परिवर्तन र सुख्खायाम मौसमले गर्दा आखाका बिरामी बढ्ने गरेको” बताउनुभयो । आखाँ पाक्ने रोग एडिनो भाइरल जिवाणुका कारण लाग्ने भएकाले आत्तिहाल्नु नपर्ने चिकित्सकको भनाई छ ।

आखाँ पाक्ने रोग बिकराल रुपमा फैल्दै गएको छ । घरमा एक जनालाई आँखा पाकेमा पूरै परिवारलाई आँखा पाक्ने समस्या आएपछि सदरमुकाम र आसपासमा आखाँको उपचार गर्ने आउनेको भिड लागेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत