Friday, September 19, 2014
कुन रोग हो भनेर अझै पत्ता नलागेपछि किसानहरु चिन्तामा
कुखुरामा अनौठो रोगको महामारी
कुखुरापालन व्यवसाय सङ्कटमा परेको
भक्तपुर, असोज ३ । भक्तपुरका कुुखुरा फार्ममा बिक्रीका लागि तयारी हुन लागेका कुखुराहरु धमाधम मर्न थालेका छन् ।
बर्डफ्लुको महामारीपछि पुनः सुरु भएको कुखुरापालन व्यवसायमा एक महिनादेखि रोगको महामारी फैलिएपछि व्यवसाय सङ्कटमा परेको कुखुरापालन व्यवसायी सङ्घका पूर्व अध्यक्ष लक्ष्मण ग्वाछाले बताउनुभयो ।
उहाँले भन्नुभयो– “विगत एक महिनादेखि भक्तपुरका कुखुरा फार्ममा ब्रोइलर कुखुरामा पहिचान हुन नसकेको रोग देखा परेको छ, ३० देखि ३५ दिन पुगेको कुखुरा फार्ममै मर्न थालेपछि समस्या आएको छ ।”
उहाँका अनुसार पालेको ४५ देखि ५० दिनमा बिक्री हुने कुखुरा ३५ दिन मै मर्न थालेपछि कुखुरा फार्ममा करिब ३० प्रतिशतका दरले कुखुरा मर्न थालेको छ ।
ग्वाछाले कुखुरा मर्नुअघि रानीखेत, कोलिवासिम, ढुसी, कोक्सिडोसिस जस्ता रोगका लक्षण देखिने तर कुन रोग हो भनेर अझै पत्ता नलागेपछि किसानहरु चिन्तामा परेको बताउनुभयो ।
मरेका कुखुरा परीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय र केन्द्रीय पशु अनुसन्धान केन्द्रमा लैजाँदा पनि अझै रोगको पत्ता नलागेको ग्वाछाले बताउनुभयो ।
यो रोग लागेपछि बाँचेका कुखुरको पनि तौल घट्दै जाने भएकाले किसानलाई थप समस्या आएको ग्वाछाको भनाइ छ ।
Labels:
समाचार
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत