सातौं सातामा आइपुग्दा कोहिनुरको कमाइ साढे नौ करोड !
काठमाडौँ ।
पछिल्लो समय प्रदर्शनमा आएका फिल्ममध्ये कोहिनुरले ऐतिहासिक सफलता हासिल गरेको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठको निर्माणमा आकाश अधिकारी निर्देशित कोहिनुर २३ साउनमा रिजिल भएको थियो । श्रीकृष्णको निधनपछि फिल्मको व्यापार ह्वात्तै बढेको थियो ।
चार सातासम्म देशभरका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको कोहिनुरले अहिले पनि उस्तै व्यापार गरिरहेको छ । आज शुक्रबारदेखि सातौं सातामा प्रदर्शन भइरहेको कोहिनुरले अहिलेसम्म साढे नौ करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धर बताउँछन् । हाल राजधानीका एक दर्जन हलमा प्रदर्शन भइरहेको फिल्मले विदाको दिन ओभरफुलको व्यापार गर्ने गरेको छ भने अन्य दिन औसत व्यापार गरिरहेको मानन्धरले बताए । यस हिसाबले हेर्दा कोहिनुर अझै केही साता चल्ने देखिएको छ ।
आजको नयाँ पत्रिका लेख्छ, कोहिनुरको छायामा परेर फ्लप भएका फिल्ममा पर्छन्, ६ भदौंमा रिलिज भएको ताण्डव र ठूली, १३ भदौंमा प्रदर्शन भएको यो कथा हो तिम्रो मेरा र उत्सव, यद्यपि ठूलीका निर्देशक सूर्य बोहोरा भने आफ्नो फिल्म हिट भएको दावी गर्छन् । यो कथा हो तिम्रो मेराका वितरक गोविन्द शाहीले फिल्मले औसत व्यापार गरेको बताउँछन् ।
२० भदौंमा प्रदर्शन भएको सुवास थापाको बिर्खेलाई चिन्छस्ले भने लगानीसम्म कभर गर्ने देखिएको छ । कमेडी फ्लेभरको फिल्मले दोसो सातामा देभरि गरेर करिब ९० लाखको व्यापार गरेको निर्माताको दाबी छ ।
एक रात विताउन तयार भइन् सन्नी लियोन
सन्नी लियोन पूर्वपोर्न स्टार नै हुन् । उनी बलिउड प्रवेश गरेपनि उनी अभिनित चलचित्र यात आइटम डान्समा केन्द्रित छन् यात उनको नग्नता प्रदर्शनमा ।
केही समय अघि अव आफ्नो छवी सुधार गर्ने बताएकी सन्नीले पछिल्लो समय अर्को सेक्स मुभी साइन गरेकी छिन् । उनले अव खेल्ने चलचित्रको नाम हो ‘वन नाइट स्ट्याण्ड’ अर्थात एक रात विताउनु ।
यो चलचित्र दक्षिण भारतीय चलचित्र हो जहाँ उनी चर्चित अभिनेता राना डग्गुवातीसँग रोमान्स गर्ने छिन् । यस अघि राना विपाशा बसुसँग नाम जोडिएर चर्चामा थिए ।
उनले दम मारो दम, डिपार्टमेन्ट र ये जवानी है दीवानी जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् । तर अव उनले सन्नी लियोनसँग एक रात विताउने छन् ।
यो चलचित्रमा एक स्वतन्त्र युवतीको रुपमा अभिनय गर्नेछिन् सन्नी लियोनले ।
फिल्मका लागि गितार सिक्दै केकी
काठमाडौं ।
नायिका केकी अधिकारी अचेल गितार सिक्नमा व्यस्त छिन् । फिल्म अभिनय सँगै गिटारिस्ट बन्ने चाहना उत्कट भएर गितार सिकेकी भने होइन ।
फेरी, उनले घरमै झ्ङझङ गितार बजाउँदै प्रक्टीस गरेकी पनि होइनन् । केकी डोरेमी संगीतमा भानुभक्त ढकालसँग गितारको क्लास लिइरहेकी छन् ।
उनले सोख पुरा गर्न गितार सिकेकी होइनन् । उनले त आफुले अभिनय गर्न लागेको साउथ इन्डियन निर्माता, निर्देशकको एउटा फिल्ममा म्युजिक लभर लेडीको भुमिकाका लागि पुर्व तयारी अन्तर्गत गितार क्लास लिएकी हुन् ।
त्यो फिल्ममा मैलै म्युजिक लभर लेडीका रुपमा भुमिका निभाउँछु, सो क्यारेक्टरमा आफुलाई तयार पार्न गितार सिकेकी हुँ, केकीले भनिन् ।
आगामी सातादेखि सुटिङ हुने भनिएको सो फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । साउथ इन्डियन निर्माता, निर्देशक तथा प्राविधिकको बाहुल्यता रहेको फिल्ममा केकीबाहेक राजेश हमाल, शिव श्रेष्ठ लगायतका चर्चित कलाकारले अभिनय गर्ने बुझिएको छ । अहिले नेपाली भाषामा बनाइन लागिेको सो फिल्म पछि अन्य भाषमा समेत डब गरिने सुन्नमा आएको छ ।
दीपिका भन्छिन्: रणवीरजस्तो कोही छैन
एजेन्सी ।
बलिउडकी अहिलेकी नम्बर एक हिरोइन दीपिका पादुकोणले हिरो रणवीर सिंह आफ्ना लागि निकै महत्वपूर्ण पुरुष भएको बताएकी छिन् ।
सात वर्षअघि साहरुख खानको ओम शान्ति ओम फिल्मबाट डेब्यु गरेकी दीपिकाले हालै एक अन्तर्वार्तामा आफूले अहिलेसम्म भेटेका पुरुषमध्ये रणवीर निकै समझदार, मायालु र भावुक भएको दाबी गरेकी छिन् ।
उनले भनेकी छिन्, 'मेरी जिन्दगीमा रणवीर निकै महत्वपूर्ण पुरुष हो । अहिलेसम्म भेटेको, संगत गरेको पुरुषमध्ये रणवीर सबैभन्दा बढी सहज, सजिलो र मायालु छन् ।' उनले रणवीर निकै शान्त र गम्भीर भएको बताएकी छिन् ।
मान्छेले उनको पर्सनालिटीको मात्र तारिफ गर्छन् । तर, मैले उनको भित्री रुप देखेकी छु । उनी ऊर्जा र भावनाले भरिपूर्ण छन् । उनले रणवीरजस्तो गुणयुक्त पुरुष विरलै भेटिने जिकिर पनि गरेकी छिन् ।
केही समयअघिसम्म दीपिका अर्का हिरो रणवीर कपुरको तारिफ गर्ने गर्थिन् । तर, जब उनले सञ्जयलीला भन्सालीको रामलीला फिल्ममा रणवीर सिंहसँग काम गरिन्, त्यसपछि नै उनीहरु नजिक भए ।
पहिला कपुरसँग अफेयरमा रहेकी दीपिका रामलीलापछि सिंहको प्रेममा मस्त रहेको र उनले आफ्नो प्रेमी रणवीर सिंहको राम्रो कुरा गर्नु नौलो नभएको सञ्चारमाध्यमको ठहर छ ।
कलाकार सुनिल थापा विरामीभएपछि अस्पताल भर्ना
काठमाडौं ।
नेपाली सिने क्षेत्रका चर्चित कलाकार सुनिल थापालाई स्वास्थ्य समस्या देखिएको छ । कलाकार थापालाई भाइरल इन्फेक्सन भएपछि झाडापखालाको समस्या देखिएको बताइएको छ ।
कलाकार थापालाई ललितपुरको अल्का अस्पतालमा भर्ना गरिएको छ । थापालाई एन्टीवायोटिक दिएर बिशेष निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । स्वास्थ्य स्थिति सामान्य अवस्थामा आए भोलीसम्ममा थापालाई डिष्चार्ज गरिने अस्पतालले जनाएको छ ।
राते काइँलाको नामले समेत चिनिने थापा पछिल्लो पटक हिन्दी चलचित्र 'मेरी कोम'मा बक्सर कोचको भूमिका निर्वाह गरेर चर्चामा आएका थिए ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत