दक्षिण भारतमा निर्माण हुने फिल्महरु प्राय बलिउड फिल्महरु भन्दा पनि अब्बल र आनन्ददायक हुने गर्दछ । तर हालै निर्माण भइरहेको एक तमिल फिल्मले भने बलिउड मात्र हैन हलिउडका सुपरहिट र खतरानाक मानिएका फिल्महरुलाई पनि टक्कर दिने देखिएको छ । हाल पोष्ट प्रोडक्सनमा रहेको उक्त फिल्मको नाम ‘आई’ हो ।
फिल्म आई मा तामिल सुपरस्टार बिक्रम मुख्य भुमिका मा छन । यसअघि बिक्रम र शंकरले अपरिचितमा पनि साथै काम गरेका थिए । बिक्रम बाहेक पनि ऐमी जैक्सन तथा उपेन पटेल पनि फिल्ममा छन । फिल्मको प्राविधिक पक्ष देखि स्टोरीले पनि हलिउड फिल्मलाई टक्कर दिने बुझिएको छ । फिल्ममा भिजुअल इफेक्ट अष्ट्रेलियाको चर्चित इफेक्ट कम्पनीले दिदैछन । जसले यसअघि हलिउड फिल्महरु हैरी पोर्टर, एवेजर्स, एक्स मैन सीरीज, लार्ड आफ द रिंग्स जस्ता फिल्ममा इफेक्ट दिइसकेका छन । फिल्ममा मेकअपको लागी पनि न्युजिल्याण्डको चर्चित कम्पनी वेटा वर्कशाप लाई जिम्मा दिइएको थियो । उक्त कम्पनीले पनि कयौ हलिउड फिल्मको लागी मेकअप गरिसकेका छन । उक्त कम्पनीकै मेकअपबाट बिक्रमको रुप माथीको तस्वीरमा देखिएजस्तो बनाइएको हो । फिल्म डरलाग्दो र रुचिपुर्ण कथामा बनेको बताइन्छ ।
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत