शम्भुजितलाई विन्ध्यावासिनी संगीतकर्मी सम्मान ,१६ सञ्चारकर्मी पुरस्कृत।
काठमाडौं : यस वर्षको विन्ध्यावासिनी संगीतकर्मी सम्मान अग्रज सागीतकार एवा गायक शम्भुजीत वासकोटालाई प्रदान गरिएको छ । बुधबार राजधानीमा सम्पन्न विन्ध्यावासिनी सम्मान तथा संगीत सााझमा फाउन्डेसनका तर्फबाट गायक भजन शिरोमणी भक्तराज आचार्य र प्रतिष्ठानकी अध्यक्ष लिना शर्मा रेग्मीले बासकोटालाई सो सम्मान प्रदान गरे । दोसल्ला ओढाएर गरिएको सम्मानमा बासकोटालाई ५० हजार १ सय १ रुपैयाा पनि प्रदान गरियो । सागीत नाट्या प्रज्ञा प्रतिष्ठानका उपकुलपति बासकोटाले आफ्ना आग्रज भजन शिरोमणिको हातबाट सम्मानित हुन पाउादा सागीत क्षेत्रमा अझै धेरै काम गर्ने उर्जा मिलेको बताए । आफुले पाएको उपकुलपतिको जिम्मेवारी सम्बन्धित क्षेत्रका विकाश र विस्तार गरेर निर्वाह गर्ने प्रतिबद्धता पनि बासकोटाले सो कार्यक्रममा जाहेर गरे । नेपाली सागीत क्षेत्रमा पत्रकारिताबाट योगदान पुर्याउने राजधानीकर्मी डब्बु क्षत्री सहित १६ जना सञ्चारकर्मीलाई सोही कार्यक्रममा ‘विन्ध्यावासिनी गीत संगीत पत्रकारिता सम्मान–२०७१’ बाट सम्मानित गरियो । उनीहरुलाई सम्मानसागै जनही ५ हजार रुपैयाा पुरस्कार प्रदान गरिएको थियो । सम्मानित सञ्चारकर्मीहरु शान्तिप्रिय, नवराज लम्साल, अनन्त वाग्ले, राजन घिमिरे, श्याम स्मृत, सुव्रत आचार्य, राज श्रेष्ठ, राजाराम फुयााल, नविन दाहाल, रेमनदास श्रेष्ठ, सूर्य कुमार क्षत्री, सविना कार्की, चन्द्रमणि गौतम, गोविन्द गिरी र राज बोहरा थिए । सम्मानित पत्रकारहरुका तर्फबाट बोल्दै नवराज लम्सालले ‘सागीत क्षेत्रको विकाशका लागि नीति क्षेत्रका यो कम्पनीले आफुले सकेको योगदान पुर्याउादै आएको छ भने । यस्तो निष्पक्ष सम्मानले सागीत पत्रकारितामा अझ अघि बढ्न पत्रकारलाई प्रेरणा मिल्ने पनि उनले बताए । कार्यक्रममा विन्ध्यावासिनी फाउन्डेसनका आजिबन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै ‘पााचौ विन्ध्यावासिनी म्युजिक अवार्ड–२०७१’को विभिन्न ३१ विधामा उत्कृष्ट पााचमा मनोनयन भएकाहरुलाई सो कार्यक्रममा मनोनयन प्रमाणपत्र पनि वितरण गरियो । २०६० सालमा स्थापना गरिएको विन्ध्यावासिनी म्युजिक प्रालिको उदेश्य भनेकै नेपाली गीतसागीतको विकाश गर्नु रहेको सो फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले कार्यक्रममा प्रकाश पारिन् । विन्ध्यावासिनी म्युजिक प्रालिका अध्यक्ष सुवास रेग्मीले नेपाली गीत संगीतको विकाशकै लागि आफ्नो कम्पनीले आधा दशकबाट सागीत अवार्ड गर्दै आएको बताए ।सो सागीतिक सााझमा शम्भुजीत वासकोटाको सम्मानमा सत्यराज आचार्य र स्वरुपराज आचार्यले बासकोटाद्धार सागीतबाद्ध राष्ट्रिय गीत जहाा सुनका बाला झल्छन...गाए । यस्तै आफुहरुको नयाा गीत हरमा हर हमोर्नी...गाएर सत्यस्वरुपले दर्शकलाई मनोरञ्जन प्रदान गरे । रजिना रिमाल, श्रेयसी चेम्जोङ सहितका विभिन्न कलाकारले पनि आफन गीतबाट कार्यक्रमलाई सागीतमय तुल्याए । -
No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत