Thursday, September 18, 2014

६ हजार नेपाली मलेसियामा अझै अवैधानिक


मलेसियाबाट फर्केका ३७१ नेपालीलाई मन्त्रीको स्वागत
६ हजार नेपाली मलेसियामा अझै अवैधानिक रहेको अनुमान


२ असोज, काठमाडौं । गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका ३ सय ७१ जना नेपालीहरु बिहीबार स्वदेश फर्किएका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पुगेर श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले स्वागत गरेका छन् ।

गैरकानुनी रुपमा मलेसियामा बस्दै आएका नेपालीहरुलाई क्वालालाम्पुरस्थित नेपाली दूताबासले कोपरासी इमिग्रेशनसँग समन्वय गरेर नेपाल पठाउन सुरु गरेको हो । मलेसियामा अवैध रुपमा रहेका र राहदानी नभएकाहरुलाई ट्राभल डकुमेन्ट दिइएको छ ।


अवैधरुपमा मलेसियामा बस्दै आएका नेपालीहरुलाई डिसेम्बर ३१ सम्म नेपाल फर्कने मौका दिइएको छ । नेपाल फर्कनेहरुले अधिकतम १३ सय ४० मलेसियन रिंगेट अर्थात ४१ हजार नेपाली रुपैयाँ बुझाउनुपर्छ ।

मलेसियामा अझै करिब ६ हजार नेपालीहरु अवैधरुपमा कार्यरत रहेको सरकारी नेपाली दूताबासको अनुमान छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत