भरतपुर , आश्विन ७ -
आँखा पाक्ने प्रकोपले यहाँस्थित भरतपुर आँखा अस्पतालमा एक साता यता बिरामी चापले एक्कासी बढेको छ । बदलिदो मौसम र दुषित वातावरणको असरले मानिसको आँखामा विक्रान्त समस्या देखिन थालेको छ ।
वातावरणमा मिसिएको भाइरल र ब्याक्टेरियाले आँखामा असर पुर्याई रहेका हुन्छन् । भाइरल र ब्याक्टेरियाको समिश्रणले आँखा पाक्छ । यो सरुवा रोग हो । भदौ र असोज महिना भाइरल र ब्याक्टेरियाको लागि अनुकुल मानिन्छ ।
आँखा पाक्ने रोगले सबभन्दा बढी यहाँका बिरामी विद्यार्थी, कर्मचारी, खेलाडी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन तथा काम गर्न पाएका छैनन् ।
आँखा पाक्ने समस्याले खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाती आवासिय विद्यालयका ५० जना भन्दा बढी विद्यार्थीहरु एक सातादेखि बिरामी परेका छन् । उनीहरुको पढाई प्रभावित भएको विद्यालयका निमित्त प्रधानाध्यापक रामबाबु चौधरीले बताए ।
विद्यालयमा चेपाङ बालबालिका अध्ययनरत छन् । उनीहरु मात्र होइन, जिल्लाका अधिकांश विद्यार्थीहरु यस्ता समस्याले पीडित छन् । आँखा पाक्नु अगाडि आँखा चिलाउने, दुख्ने बिरामीमा लक्षण देखा पर्ने गरेको भरतपुर आखा अस्पतालका चिकित्सक डाक्टर कमलबहादुर खडकाले बताए ।
त्यस पछि रातभरीमा रातो हुने, कचेरा आउने, आँखाको परेला टाँसिने, बेसरी आँखा दुख्ने र आँखा धमिले देख्ने गरेको लक्षण आँखा पाक्ने बिरामीमा देखिने गरिएको छ ।
'यो सरुवा रोग हो', उनले भने, ' आँखा पाकेको बिरामीको आँखामा देख्दैमा यो सर्दैन ।' कन्टेक्ट भएर सर्ने रोग हो, खडकाले बताए ।
आँखा पाकेको व्यक्तिले प्रयोग गरेको रुमाल, टावल, ग्लास लगायतका सामग्री प्रयोग गर्दा यो रोग अरुमा सर्ने गरेको उनले बताए । यो मिक्स कंजनटीभाईटी रोग हो । अस्पतालमा आउने गरेको प्रत्येक एक सय बिरामी मध्ये ३५ जना आँखा पाकेको बिरामी आउने गरेको खडकाले बताए ।
आँखा पाकेको बिरामीले दिनमा ३/४ पटक सफा पानी आखा पखाल्नु पर्ने सुझाव स्वास्थयकर्मीको छ । आखाँ पाक्ने रोग निको हुन कम्तीमा २ साता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन । आँखा पाक्ने बित्तिकै चिकित्सकको सल्लाह अनुसार एन्टीवाटिक झोल र मल्हम लगाउनु पर्छ ।
यदी हेल चक्रयाई छाडेमा आँखाको नानीमा घाउ बनाई कालो भागमा सेतो फुल बन्ने र अन्ततः अन्धो हुने सम्भावना बढी हुने भरतपुर अस्पतालका प्रशासन प्रमुख तुलसी प्रसाद पराजुलीलले बताए ।
एक साता यता आखाँ पाक्ने बिरामीको चाप अस्पतालमा अत्याधिक रुपले बढेको उनले बताए । आखाँ पाक्ने बिरामीलाई छुटै राखेर निगरानी गर्नु पर्ने पराजुलीलले बताए । यदी बिरामी बाहिर घुम्नु पर्नेमा कालो चश्माले आँखा छोपेर हिडनु पर्छ ।
'अस्पतालमा आउने ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या छ', उनले भने, 'अस्पतालमा दैनिक सरदर ५ सय ८० देखी ६ सय बिरामी आउने गरेका छन ।'
एक साता यता आखाँ पाक्ने समस्याले अस्पतालमा बिरामीको संख्यामा दोब्बर बृद्धी भएको पराजुलीले जानकारी दिए ।

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत