Tuesday, September 23, 2014

गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर



काठमाडौँ, असोज ८ – चियाउँदा चियाउँदै आफ्नै आँखा सामुन्ने पति नन्दप्रसाद अधिकारीको मृत्यु देखेकी गङ्गामायाको स्वास्थ्य गम्भीर तर स्थिर रहेको छ ।

आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै अधिकारी दम्पती वीर अस्पतालको सघन कक्षमा अनशन नै बस्दै आएको थियो । अनशन बसेको ३३० दिनमा नन्दप्रसादको सोमबार निधन भएको थियो ।

वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितका अनुसार पतिको मृत्युपछि गङ्गामायाको स्वास्थ्य अवस्था थप कमजोर बनेको छ । कमजोर स्वास्थ्यस्थितिलाई विशेष ख्याल गरी चिकित्सकले उहाँलाई हाल एन्टिबायोटिक औषधि दिइरहेका छन् ।

“हामी गङ्गामायाको उपचारमा उच्च प्राथमिताका साथ लागिरहेका छौँ, ग्लुकोज खान आग्रह गरिरहेका छौँ”–निर्देशक प्रा डा पण्डितले भने । चिकित्कसको टोलीले गङ्गामायालाई मानवअधिकारकर्मीको रोहबरमा आज ग्लुकोज खान र अनशन अन्त्य गर्न विशेष आग्रहसमेत गरेको थियो । तर गङ्गामायाले अनशन अन्त्य गर्न नमानेको अस्पताल स्रोतले जनाएकोे छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत