टुडाल मा मैथुनरत मुर्ति राखेर मन्दिर सजाउने परम्परा भएका हरु ले नै नारि शरीर को येति धेरै आलोचना किन गर्छन ?
ज्योति मगर
ज्योति मगर
बुझ्ने हरु का लागि खुल्ला आकाश र नबुझ्ने हरु का लागि कुवा हो कलाकारिता, सामाजिक परिधि को कुरा बेग्लै हो नत्र एउटा लक्ष्मण रेखा भित्र सिमित हुदैन कला, गीत गाउनु मेरो पेशा हो र मोडलिंग मेरो प्याशन, हाम्रो सस्कृति मा नग्न पुरुष (नाङ्गा बाबा) को पुजा गर्ने चलन अति लोकप्रिय छ, लिङ्ग मा ढोग गरेर आशिर्वाद माग्ने परम्परा मा रमाउने हरु नारि देह लाइ येति धेरै किन देखि सहदैनन? म अचम्म पर्छु, टुडाल मा मैथुनरत मुर्ति राखेर मन्दिर सजाउने परम्परा भएका हरु ले नै नारि शरीर को येति धेरै आलोचना किन गर्छन ? म मेरो फेसबुक मा हेरिरहेछु मान्छे हरु कति सम्म गिर्न सक्छन र कुन हद सम्म गालि गर्न सक्छन, मलाइ नराम्रो भन्नेहरु लाइ पनि मैले कहिले नराम्रो भन्दिन यहा सम्म कि मलाइ गालि गरिएका कमेन्ट हरु डिलिट पनि गर्दिन मैले , सायद समय ले मेरो सहनशिलता को परिक्षा लिइरहेको छ, तर मेरो एउटै मान्यता हो "कुत्ते भोंकते हजार, हाथी चले बजार"

No comments:
Post a Comment
मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत