Sunday, September 21, 2014

ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार



काठमाडौँ, असोज ६– हृदयाघातका कारण अस्पताल भर्ना भएक पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा सुधार आएको छ ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उनलाई शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारपछि शाहको अवस्थामा क्रमिक सुधार आएको अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले जानकारी दिए ।

शाहको उपचारको कोरोनरी रक्तनलीलाई एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत