Sunday, September 21, 2014

सुनकोसी पहिरोमा हुँदै नभएका ११ जना मृत घोषित

‘प्रशासनले सोधखोजका आधारमा एक सय ५६ जनालाई मृत घोषणा 

सिन्धुपाल्चोक,असोज ६ – सरकारले एक सय ५६ जनालाई मृत घोषित गरेर सामूहिक अन्त्येष्टि गराएपनि सुनकोसीको पहिरोमा एक सय ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकको संख्यासमेत यकिन गर्न नसक्ने जिल्ला प्रशासनले राहत वितरण पनि त्यस्तै हचुवाको भरमा गरेको छ ।
मृत्यु भएका भनिएका ११ जनाको नाम, थर, ठेगाना, गाँउ केही पनि पत्ता लागेको छैन् । सिन्धुपाल्चोक प्रशासन कार्यालयले शव भेटिएका र हराएका सबै गरी १ सय ५६ जनालाई एकमुष्ट मृतक घोषणा गरेको छ। तर प्रशासनसँग एक सय ४५ जनाको मात्रै नाम छ ।
‘प्रशासनले सोधखोजका आधारमा एक सय ५६ जनालाई मृत घोषणा गर्यो । तर ११ जनाको नाम थाहा छैन । पुरिएका आठ घरका परिवारका बाँकी सदस्य कोही पनि छैनन्,’राहत बाँड्न खटिएका सशस्त्रका प्रहरी निरीक्षक मदनकुमार तामाङले नयाँ पत्रिकासँग भने,११ जनाको दाबी विरोध आएन,उनीहरुको नाम पनि थाहा भएन ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

मनमा लागेका कुरा लेख्नुहोस्,केहि सुझाब सल्लाहा समेत